प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
काठमाडौँ/ प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए ।
एजेन्सीका प्रवक्ता महमुद बासलले रातभर काम गरिरहेका उद्धारकर्ताहरूले १८ जनाको शव बरामद गरेको बताए । उहाँले गाजाभरि ‘निरन्तर आक्रमण र इजरायली हवाई र तोपखाना बमबारी’ मा दर्जनौँ अन्य घाइते भएको जानबारी दिए । बासलका अनुसार मृतकहरूमा कम्तीमा तीन बालबालिका थिए । मध्य गाजा सहरको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको उनले बताए । मध्य गाजाको दिर एल–बालाहमा दर्जनौँ विस्थापित मानिसलाई शरण दिँदै रहेको एउटा टेन्टमा इजरायली क्षेप्यास्त्र प्रहार हुँदा अन्य चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । एएफपीका तस्बिरहरूले गाजा सहरको अस्पतालबाट आफन्तहरूले आफ्ना प्रियज...







