राजनीति

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

Breaking News 1, कर्णाली प्रदेश, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलकपरियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलकोबैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्रीनियुक्त गरेका हुन् ।...
बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

Breaking News 1, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रमा ४० भन्दा बढी व्यक्तिहरु प्रवेश गरेका छन् । सोमबार विभिन्न पार्टी परित्याग गरि व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । बागमती गाउँपालिका झुरझुरेमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सचिवलय सदस्य ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान ज्वालालगायतले खादा र टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा नेकपा एमालेका निर्मल राई...
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

Breaking News 2, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।  ...
सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।   सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीति जटिल रहेको बताउनुभयो । अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आश...
आफू कसैको दास बन्ने व्यक्ति नभएको नेकपा एसका अध्यक्ष -नेपाल

आफू कसैको दास बन्ने व्यक्ति नभएको नेकपा एसका अध्यक्ष -नेपाल

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले पूर्व प्रधानमन्त्री नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।...
जसपाका सांसद हसिना खानले प्रतिनिधि सभा सदस्यको पदको शपथग्रहण गरे

जसपाका सांसद हसिना खानले प्रतिनिधि सभा सदस्यको पदको शपथग्रहण गरे

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गरको छ । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएको हो । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो । जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो । उहाँको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो ।...
लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

Breaking news 3, राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारीको दावी पेस- आजै शपथको तयारी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारीको दावी पेस- आजै शपथको तयारी

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ । लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए । सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ । सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् । यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन द...
नेकपा एस मकवानपुरको अधिवेशन बैशाख १५ र १६ गते हुदै, माधव नेपालले उद्धघाटन गर्ने

नेकपा एस मकवानपुरको अधिवेशन बैशाख १५ र १६ गते हुदै, माधव नेपालले उद्धघाटन गर्ने

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ नेकपा ( एकिकृत समाजवादी) पार्टी मकवानपुरको नवौं जिल्ला अधिवेशन बैशाख १५ र १६ गते हुदै छ । हेटौंडा - ४ स्थित रोयल पार्टी प्यालेसमा अधिवेशन हुने नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । अधिवेशन हुने सम्बन्धमा नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिदै , चैत्र २८ गते बसेको पार्टीको बैठकको निर्णय अनुसार १५ गते नेकपा एसका केन्द्रिय अध्यक्ष माधव नेपालले कार्यक्रमको उद्धघाटन गर्ने र १६ गते बन्ध सर्तमा नयाँ कार्य समिति चयन गर्नेे नेकपा एस मकवानपुरका अध्यक्ष बिष्णु प्रसाद दाहालले जानकारी दिए । यसै गरी बैशाख ९ र १० गते जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताए । दलित , महिला र खुल्लामा ५ ः ८ ः १० को अनुपातमा र मुस्लिम र पेशागत ५ः१ को अनुपातमा प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताएका छन् ।...
नेकपा एकीकृत समाजवादीको महाधिवेशनको मिति परिवर्तन

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको मिति परिवर्तन

Breaking News 1, राजनीति
  काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पु¥याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"