हेटौंडा / नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् ।

त्यस्तै, उपसभापतिमा राजु प्रसाद न्यौपाने र निर्माया रुम्बा निर्विरोध चयन भएका छन्। कार्यसमिति सदस्यमा पासाङ लामा, बलराम क्षेत्री, सोममाया थिङ र वीरबहादुर मुक्तान चयन भएका छन् । युवा सदस्यमा विजय रुम्बा र दलित सदस्यमा मायादेवी विक चयन भएका छन्। त्यसैगरी, खुला सदस्यमा दुबीमाया लो, चन्द्रबहादुर बल र ओमरत्न तितुङ चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट वडा कार्यसमिति चयन गरिएको हो । वडा सभापति पदमा निर्विरोध निर्वाचित भएपछि नवनिर्वाचित सभापति भुलुनले आफूलाई विश्वास गरेर नेतृत्व सुम्पिने सम्पूर्ण पार्टी पंक्तिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।





























