Day: २ घण्टा अगाडि

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । वीरगञ्जबाट स्याउ लोड गरी काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर चालक निदाएका कारण अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरका २५ वर्षीय टेलर चालक नरेश महतो र सोही स्थानका २८ वर्षीय सहचालक रमेश कुशवाह घाइते भएका छन् । उनीहरूलाई खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । महेन्द्र राजमार्गअन्तर्गत उक्त स्थानमा सोमबार बिहान करिब ४ः३० बजे दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रातोमाटेबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

Breaking News 2, राजनीति, समाचार
हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्यस्तै, उपसभापतिमा राजु प्रसाद न्यौपाने र निर्माया रुम्बा निर्विरोध चयन भएका छन्। कार्यसमिति सदस्यमा पासाङ लामा, बलराम क्षेत्री, सोममाया थिङ र वीरबहादुर मुक्तान चयन भएका छन् । युवा सदस्यमा विजय रुम्बा र दलित सदस्यमा मायादेवी विक चयन भएका छन्। त्यसैगरी, खुला सदस्यमा दुबीमाया लो, चन्द्रबहादुर बल र ओमरत्न तितुङ चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट वडा कार्यसमिति चयन गरिएको हो । वडा सभापति पदमा निर्विरोध निर्वाचित भएपछि नवनिर्वाचित सभापति भुलुनले आफूलाई विश्वास गरेर नेतृत्व सुम्पिने सम्पूर्ण पार्टी पंक्तिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको छ ।   आज आईतबार सम्पन्न वडा अधिवेशनबाट रोशन गोले सर्वसम्मत रूपमा वडा सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेश, मकवानपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ तथा प्रदेश सभा क्षेत्र ’ख’ अन्तर्गत पर्ने हेटौंडा–३ मा पार्टीभित्रको आन्तरिक एकता र समझदारीलाई जोड दिँदै गोलेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । वडा सभापति पदमा निर्विरोध निर्वाचित भएपछि नवनिर्वाचित सभापति गोलेले आफूलाई विश्वास गरेर नेतृत्व सुम्पिने सम्पूर्ण पार्टी पंक्तिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । उनले निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडा सभापति, महासमिति सदस्य, प्रदेश महाधिवेशन प्रतिनिधिहरू, वडा कार्यसमित...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"