मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

Advertisement

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरका अध्यक्ष वसन्त अधिकारीले भूमिसम्बन्धी समस्या समाधानका लागि केन्द्रमा समिति गठन भएलगत्तै जिल्लामा पनि समिति गठन गरी काम अघि बढाइएको बताउनुभयो । मकवानपुरलाई लालपुर्जा वितरणमा देशकै अग्रणी जिल्ला बनाउने उद्देश्यसहित काम सुरु गरिएको उहाँको भनाइ छ । अधिकारीका अनुसार हाल मकवानपुरगढीका ५७, बागमती गाउँपालिकाका ८८ र बकैया गाउँपालिकाका ५१ गरी २०२ वटा लालपुर्जा वितरणको प्रक्रियामा छन् । उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि ती लालपुर्जा वितरणको काम अघि बढाइने बताउनुभयो ।

जिल्लामा स्थानीय तहबाट संकलन गरिएको तथ्यांकअनुसार २५ हजार ५८० अव्यवस्थित बसोबासी, ४ हजार ९०१ भूमिहीन सुकुम्बासी र ५२३ भूमिहीन दलित रहेको तथ्यांक समितिसमक्ष आएको अधिकारीले जानकारी दिनुभयो । उक्त तथ्यांकको प्रमाणीकरण भने हुन बाँकी रहेको उहाँको भनाइ छ । उहाँले भूमि समस्या समाधान केन्द्र वा प्रदेश सरकारको मात्र जिम्मेवारी नभई स्थानीय तहको समेत महत्वपूर्ण भूमिका रहेको बताउँदै स्थानीय तहलाई तथ्यांक संकलन, प्रमाणीकरण तथा कार्यपालिकाबाट निर्णय गरी जिल्ला समितिमा पठाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमार पाख्रिनले लालपुर्जा प्राप्त गर्ने ६ जनालाई बधाई दिँदै भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने विषय जनप्रतिनिधिका लागि पनि गौरवको विषय भएको बताउनुभयो। पटक–पटक सरकार र भूमि आयोग परिवर्तन हुँदा प्रक्रिया जटिल बने पनि गाउँपालिकाले भूमिहीनको विवरण संकलन तथा दर्ताको काम अघि बढाउँदै आएको उहाँले बताउनुभयो। मकवानपुरगढी गाउँपालिका–३ का रुद्रप्रसाद तिम्सिना, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी, जयराम पुरासाहिनी, उदव लम्साल र रामबहादुर बम्जनले लालपुर्जा प्राप्त गरेका हुन् । गाउँपालिकाका अनुसार मकवानपुरगढीमा भूमिहीन सुकुम्बासीका रूपमा १५५ जनाले जग्गा प्राप्तिका लागि फाराम भरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस...
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

हेटौंडा /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुग...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"