जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक
हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले गरेका काम तथा प्रगतिको विवरण सार्वजनिक गरेका छन् ।
उनले आज बुधबार पत्रकार सम्मेलनका बीच आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । एसपी खत्रीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरमा साइबर अपराधसम्बन्धी १ सय २६ वटा घटना दर्ता भएका छन् । तीमध्ये फेसबुक आइडी ह्याक भएका २९ वटा, नक्कली फेसबुक आइडीसम्बन्धी ४७ वटा तथा टिकटक लगायत अन्य सामाजिक सञ्जालसँग सम्बन्धित ५० वटा घटना रहेका छन् ।
यस्तै, अनलाइन ठगी तथा स्क्यामसम्बन्धी ३ सय ५४ वटा निवेदन प्रहरीसमक्ष परेकोमा ३५ वटा निवेदनमा आवश्यक कारबाही तथा अनुसन्धानको काम अघि बढाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ मा लागूऔषधसम्बन्धी २ सय १४ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ४ सय ४ जना पक्राउ परेका...

