हेटौंडा १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तिवारी विजय
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१२ वडाको रिक्त रहेको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका अर्जुन तिवारीले २०६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोसे । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेद्वार रविकुमार प्रधानले १५६० मत ल्याए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । १ हजार ३ सय ९८ मत प्राप्त गरे । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो । यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले २०७४ म...





