राजनीति

तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल

तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको बताइएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको श्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।...
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा राई सहित ९ जना कार्य समितिमा चयन

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा राई सहित ९ जना कार्य समितिमा चयन

Breaking news 3, प्रवास, राजनीति, समाचार
दक्षिण कोरिया/ नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार सौलमा भएको ओएनएफ दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशने राई सहित ९ जनालाई कार्य समितिमा सर्वसम्मत चयन गरेका हुन् । कार्य समितिको उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई , उपसचिवमा मणिराम गौतम,र सदस्यहरुमा दीप थापा मगर, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ, कुवेर थापा र जीवन पौडेललाई सर्वसम्मत चयन गरेको हो । यसै गरी प्रवासी नेपाली मञ्चका अध्यक्ष सिर्जना नेपालीको सभाअध्यक्षता र नेकपा एमाले सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा  कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वी एशिया र ओसियाना इञ्चार्ज डाक्टर सूर्य पाठक , प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्...
राहत कोषमा ५० लाख सहयोग गर्न अनुरोध गर्ने : एमालेको  निर्णय

राहत कोषमा ५० लाख सहयोग गर्न अनुरोध गर्ने : एमालेको निर्णय

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । अनलाईन खबरबाट...
कांग्रेसका महामन्त्री शर्मा भदौ ३० गते हेटौंडा आउने

कांग्रेसका महामन्त्री शर्मा भदौ ३० गते हेटौंडा आउने

Breaking News 2, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा हेटौंडा आउने भएको छ । भदौ ३० गते  हुन गईरहेको विभागिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने भएको हो ।  मकवानपुरको १० वटै स्थानीय तहका जनप्रतिनिधिहरु संगको अन्तर संवाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा महामन्त्री शर्मा हेटौंडा आउन लागिएको नेपालि कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । जनप्रतिनिले के कसरी काम गर्ने र मार्ग निर्देशनबारे छलफल हुनुका साथै जनप्रतिनिधिको अवस्था र २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षा बारे अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागिएको सभापति लामाले बताएका छन् । कार्यक्रममा मकवानपुरका स्थानीय तहका अनुमानित  २०० जनप्रतिनिधहरुको उपस्थित रहने जनाएको छ । ...
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्ने

अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्ने

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।...
बी.पी जयन्तिको अवसरमा विरामीलाई फलफूल वितरण तथा सरसफाई कार्यक्रम

बी.पी जयन्तिको अवसरमा विरामीलाई फलफूल वितरण तथा सरसफाई कार्यक्रम

Breaking news 3, राजनीति, समाचार
हेटौंडा/ नेपाली कांग्रेस भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेका छन् । सोमबार १११ औँ बी.पी जयन्तिको अवसरमा ६० जना विरामीलाई फलफुल वितरण गरेको संघका अध्यक्ष हरी मुक्तानले जानकारी दिए । संघका अध्यक्ष मुक्तानको सभा अध्यक्षता र नेपालि कांग्रेस बागमती प्रदेशका सदस्य सम्फु लामाको प्रमुख आतिथ्यतामा फलफूल वितरण कार्यक्रम गरिएको बताएका छन् । यसै गरी नेपाल विद्यार्थि संघ मकवनपुरले बी.पी जयन्तिकै अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।   नेवि संघका केन्द्रिय सदस्य मिलन पुडासैनिको प्रमुख आतिथ्यमा र नेवि संघ मकवानपुरका सभापति सन्तोष चौलागाइ सभा अध्यक्षतामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा क्याम्पस हाता सरसफाइ गरेर समापन गरिएको संघका अध्यक्ष चौलागाईले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला सदस्य श्री कृश्ण  ढकाल को सं...
८४ को निर्वाचन एक्लै लड्नुपर्छ-प्रधानमन्त्री ओली

८४ को निर्वाचन एक्लै लड्नुपर्छ-प्रधानमन्त्री ओली

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका हुन् । ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले रातोपाटीसँग भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’ अध्यक्ष ओलीले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिए । रातोपाटीबाट...
सभापति देउवालाई कांग्रेसकै महामन्त्री शर्माले भने – अब प्रधानमन्त्री नबन्नुस्

सभापति देउवालाई कांग्रेसकै महामन्त्री शर्माले भने – अब प्रधानमन्त्री नबन्नुस्

राजनीति, रोचक, समाचार
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए ।...
नेकपा एसको  वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

राजनीति, समाचार
काठमाण्डौ / नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे पार्टीमा निर्विरोध भएको हो । नेकपा एसमा पदाधिकारी छान्न मंगलबार आज देखि चुनावी प्रक्रिया शुरू गरिएको हो । नेकपा एसमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारी छान्नका लागि चुनाव हुन लागेको हो । गत असार २० मा महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको थियो । यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनाल सर्वसम्मत चयन भएकोे थियो । नेकपा एसले तीन सय ४३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । २१ जना पदाधिकारीमध्ये सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी रहेको छ ।...
सरकार रोजगारीसहितको विकासको पक्षमा छ – अर्थमन्त्री पौडेल

सरकार रोजगारीसहितको विकासको पक्षमा छ – अर्थमन्त्री पौडेल

Breaking news 3, अर्थ, राजनीति, समाचार
काठमाडौं / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उनले विकासोन्मुख र अल्पविकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताए । आन्तरिक श्रोतको अभावमा निजी पुँजी तथा विकास सहायता लगायत सम्भाव्य क्षेत्रको श्रोतको अधिकतम उपयोग गर्नेगरी विकासप्रतिको खाका तय गर्नुपर्ने अवस्था सिर्जना भएको अर्थमन्त्री पौडेलको भनाइ छ । कुल ग्राहस्थ्य उत्पादनका तुलनामा राजस्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिएपनि यसलाई दिगो बनाउनुपर्ने चुनौति रहेको उनले बताएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"