राजनीति

स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु

स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा/ स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु हुने छ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था रहेको आयोगले जनाएको छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न नपाउने जनाएको छ । आगामी आइतबार हुने उपनिर्वाचनमा ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मतदान हुन लागेको हो । चुनावका लागि मतदान गर्न १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् ।...
स्थानीय तह उपनिर्वाचनको लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचनको लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगको निर्देशन

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं / निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर ...
२०२४  मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष

२०२४ मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष

Breaking news 3, अन्तर्राष्ट्रिय, राजनीति, रोचक
 एजेन्सी/ संयुक्त राष्ट्रसङ्घले सन् २०२४ लाई मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष रहेको जनाएको छ । अघिल्लो वर्ष सन् २०२३ मा ३३ देशमा दुई सय ८० जना मानवीय सहायताकर्मीको ज्यान गएको थियो । तर यो वर्ष सन् २०२४ को ११ महिना नबित्दै दुई सय ८१ जना मानवीय सहायताकर्मीले ज्यान गुमाएका राष्ट्रसङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय सहायताकर्मी उच्च सङ्ख्यामा मारिएका बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख फ्लेचरले द्वन्द्वरत देश र पक्षहरूले मानवताको रक्षा गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्ने र दण्डहीनताको युगका लागि आह्वान गर्नुपर्नेमा जोड दिए । गाजामा भइरहेको आक्रमण, रूस–युक्रेन युद्ध तथा अफगानिस्तान, कङ्गो, सुडानलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, उत्पीडन र युद्धको ...
उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता , ३ जना निर्विरोध निर्वाचित

उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता , ३ जना निर्विरोध निर्वाचित

Breaking News 2, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ / मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।बुधबार राति आयोगले निकालेको विज्ञप्ति अनुसार ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै आयोगका अनुसार जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाले उम्मेदवारी दिएका थिए । यसका साथै निर्वाचन हुने तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल...
मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी

मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी

Breaking news 3, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ / मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । तर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध मात्र उजुरी परेको छ । कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको आयोगले जनाए...
स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

Breaking News 1, राजनीति, समाचार, स्थानीय तह विशेष
काठमाडौँ / स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ ।...
मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
काठमाडौँ / यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी ...
नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने प्रचण्डको उद्यघोष

नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने प्रचण्डको उद्यघोष

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलनको उद्यघोष गरेका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै उनले  भ्रष्टचार , व्यथिति विरुद्ध आफ्नो नेतृत्वमा नयाँ आन्दोलन छिटै ल्याउने बताएका हुन् । नयाँ आन्दोलन सफल पारेर मात्र विश्राम लिने उनको भनाई छ ।   अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष्य प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप समेत लगाएका छन् । ओली सरकारलाई उज्यालो मन नपरेको टिप्पणी गर्दै देशलाई अँध्यारोमा लैजाने काम गरिहेको बताए । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कड...
रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली

रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध हेटौंडामा खबरदारी तथा विरोध र्याली  निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी युवा सङ्गठन मकवानपुरको आयोजनामा सोमबार रास्वपा केन्द्रिय सदस्य रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध खबरदारी तथा बिरोध कार्यक्रम अनुसार विरोध र्याली निकालिएको हो । उक्त र्याली द्रुत कार्य टोलि बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा विरोध र्याली निकालिएको हो । बिरोध र्यालिमा करिव २५० जनाको उपस्थितिमा ब्यानर , पम्प्लेट र राष्ट्रिय झण्डाहरु बोकेर टाउकोमा निलो रिबन बाधि नाराबाजी गर्दै र्याली सुरु गरेको थियो । उक्त र्यालिमा भ्रष्ट सरकार चाहिदैन,नेपाली जनता के भन्छ बिधिको शासन ले भन्छ , –दलाल माफिया होसियार , –दुई तिहाइको पाराले दुख पाए साराले ,भ्रष्ट सेक्ने आशामा राष्...
पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय

पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिइन् । यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"