सरकारलाइ काँग्रेसको २१ बुँदे सुझाब,भूकम्प पीडितको पुर्नस्थापना जिम्मा प्रदेश र स्थानीय सरकारलाइ दिन आग्रह
कात्तिक २१, काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिन संघीय सरकारलाई दिन सुझाब दिएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो । तर राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो ।
राहत र उद्धार कार्यक्रममा सहयोग गर्न पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र संघ, संस्थाहरुलाई अपिल गर्न पनि सरकारलाई सचेत पनि गराइएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
प्रभावित क्षेत्रमा सुत्केरी, साना बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकहरुले झनै जटिल स्थिति सामना गर्नुपरेको तथ्य दृष्टिगत गरी तिनको पहिचान गरेर अस्थाय...








