राजनीति

नेकपा एसका सम्मानित नेता खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारे

नेकपा एसका सम्मानित नेता खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारे

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो । रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो । एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए । उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि सुनुवाइ हुन सकेको थिएन ।...
नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, राजनीति, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियालेआयोजना गर्न लागिएको वृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेल दक्षिण कोरिया आउने भएको छ ।   महामन्त्री थापाको प्रमुख आतिथ्यता रहने उक्त अन्तरकृया कार्यक्रममा  विशेष अतिथिको रुपमा प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य किरण पौडेल समेत  आउन लागेका हुन् । मे १९ तारिखमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८  तारिख आइतबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा अतिथिहरूले प्रवासमा रहेका नेपालीहरूको समस्या र गुनासोहरू सुन्नुका साथै नेपाली राजनीतिको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्ने जना...

माओवादी केन्द्र हेटौडा १६ को अध्यक्षमा खतिवडा सहित १३ सदस्यीय कमिटी चयन

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा कमिटीको अध्यक्षमा दत्त खतिवडा चयन भएको छ । सोमबार सम्पन्न दोस्रो वडा सम्मेलनबाट खतिवडा सहित १३ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा गोपाल घिमिरे, सचिबमा राजनप्रसाद दाहाल, कोषाध्यक्षमा सबिता हुमागाई, सहसचिबमा बिजय ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपा पाख्रीन, शन्तबहादुर राई, रामलाल थिङ, चन्द्रबहादुर गोले लगायत चयन भएका छन् । सम्मेलनले टेकमान थिङ, गुणबहादुर कार्की, श्रीकृष्ण आचार्य, डिलबहादुर गोले, चन्द्रबहादुर खड्कालाई वडा कमिटीको सल्लाहकारमा चयन गरेको छ । सम्मेलनमा नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगर, नेकपा माओबादी केन्द्र मकवानपुर सल्लाहकार राधेश्याम गजुरेल, १७ नम्बर वडा कमिटी अध्यक्ष रङनाथ अधिकारी, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढक...
एमाले मकवानपुरका नव निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरे

एमाले मकवानपुरका नव निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरे

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । सोमबार एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरेको हो । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रिय सदस्य एवंम मकवानपुर जिल्ला ईन्चार्ज देवि ज्ञवालिको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । अधिवेशनबाट (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीका अध्यक्ष श्रीधर पोखरेल , उपाध्यक्ष हिदम लामा, सचिब सिता विष्ट, उपसचिब फुर्वा दोर्जे लामा, आरती पाठक लगायत मकवानपुरका १० वटै स्थानिय तहका सदस्यहरुले सपथ ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै नव निर्वाचित पोखरेलले पार्टी निर्माणमा ध्यान रहनुका साथैै वहस र छलफल गर्न सधै तयार रहेको बताए । पार्टीलाई अगाडी बडाउन  खुलस्थ ढंगबाट सुझाव दिन सदस्यहरुलाई आग्रह समेत गरे । कार्यक्रमका प्रमुख अतिथि ए...
नेकपा एस हेटौंडा नगर कमिटी अध्यक्ष विष्णुमाया, सचिवमा सफल

नेकपा एस हेटौंडा नगर कमिटी अध्यक्ष विष्णुमाया, सचिवमा सफल

Breaking News 2, राजनीति, समाचार
मकवानपुर / एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् । यस्तै, सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् ।...
ओलिले नेतृत्व गरेको पार्टीले जनताको सपना पुरा गरेन- पुर्व प्रधानमन्त्री खनाल

ओलिले नेतृत्व गरेको पार्टीले जनताको सपना पुरा गरेन- पुर्व प्रधानमन्त्री खनाल

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) हेटौंडा उपमहानगर कमिटीको पहिलो अधिवेशन शनिबार भएको छ । पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष देवराज गौतम को सभा अध्यक्षतामा कार्यक्रम भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री खनालले हाल नेपालको कम्युनिष्ट आन्दोलन नया मोडबाट अघि बढिरहेको बताउदै ०६२÷६३ को जनआन्दोलन पश्चात्े पुजिवादी क्रान्ति मार्फत नयाँ साम्राज्यवाद र समाजवाद क्रान्तिको युगमा आएको बताए । साम्राज्यवादी अमेरिकाले नेपालमा एमसिसि मार्फत सैनिक शक्ति निर्माण गरि चिनलाई असफल बनाउने योजनामा बनाएको दावी गरे । नेपालमा बैचारिक, संगठानत्मक र राजनितिक विचलन पेैदा भएको बताए । "संविधान बनेपछि भएको पहिलो निर्वाचन समयमा शक्तिशाली पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी देशमा उच्च शक्तिमा थियो, खड्कप्रसाद शर्मा ओलिले न...
जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

Breaking news 3, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  जिल्ला समन्वय समिती मकवानपुरको आर्थिक बर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम भएको छ । बिहिबार भएको समिक्षा कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले कामको सिलसिलामा आइपरेका समस्याहरु प्रस्तुत गरेका थिए । जिसस प्रमुख ललित बहादुर घलानको सभाअध्यक्षता र मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वर्तौलाले मकवानपुर जिल्ला बनाउन साझा संकल्प बनाउनु पर्ने र १० वटै पालिकाका जनप्रतिनिधि, राजनितिक दलहरुले साझा लक्ष्य र योजना लिएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले भने "लागत र लाभ को आधार बाट आजको प्राथीमकता के हो भन्ने छुट्टाउन पर्दछ , म मेरो तर्फबाट साझा संकल्प को साथ अगाडि बढ्न तयार छु , हाम्रो पालामा साझा योजना को एउटा इट्टा थपेउ भने भोलि आउनेहरु ले त्यसलाई न...
सुसाशनमा माओवादी केन्द्रको नेतृत्व प्रतिबद्ध छ – मन्त्री मोक्तान

सुसाशनमा माओवादी केन्द्रको नेतृत्व प्रतिबद्ध छ – मन्त्री मोक्तान

Breaking news 3, राजनीति, समाचार
मकवानपुर/ नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओबादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताइन् ।मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिका स्तरीय जनबर्गिय संगठन र मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले माओबादी केन्द्रको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि गणतन्त्र भएको र गणतन्त्रको बिकल्पवनभएको बताइन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुरको जिल्ला ईन्चार्ज विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गरे। त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदार...
नेकपा एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, सचिवमा विष्ट निर्वाचित 

नेकपा एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, सचिवमा विष्ट निर्वाचित 

Breaking News 2, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले अर्का प्रत्यासी इन्द्रमान स्याङ्तानलाई ५१ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ३१३ मत प्राप्त गर्दा स्याङ्तानले २६२ मत प्राप्त गरेका हुन् । यस्तै, अध्यक्षकै प्रतिस्पर्धी लालबहादुर थापाले १६६ मत र देवराज रिमालले ११ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका हिदम लामा निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सुनिल मोक्तानलाई पराजित गर्दै लामा निर्वाचित भएका हुन् । लामाले ४७६ मत पाउँदा मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षकै प्रतिस्पर्धी भरत दुलालले ३८ र धुर्व चौलागाईंले २६ मत पाएका छन् । यसैगरी, सचिवमा पदमा सीता विष्ट विजयी भएकी छन् । अर्का प्रतिस्पर्धी मदन दाहाललाई पराजित गर्दै विष्ट सचिवमा विजयी भएकी हुन् । यस्तै, सचिवकै...
दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल

दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले दुरदर्शिता नभएको नेतृत्वबाट देश विकासको कल्पना गर्न नसक्ने बताएका छन् । शुक्रबार हेटौंडामा भएको नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले देशलाई विकासको बाटोमा अगाडी बढाउने काम नेकपा एमालेको नेतृत्वमा नै हुदै आएको बताए । उनले एमालेलाई बिभाजन र कमजोर बनाउने षडयन्त्र हुदै आएकाले अधिवेशनको माध्यमबाट कमिकमजोरी नियाल्नु पर्ने बताए । राजनीतिक परिवर्तनमात्र कम्युनिस्ट आन्दोलनको उपलब्धि नभई समाजको अवस्थाको परिवर्तन गर्ने कम्युनिस्ट आन्दोलनको लक्ष्य रहेको र राजनीतिक परिवर्तन पछाडी अल्मलिने लक्ष्य बिर्सने जस्ता परिपाटीले कम्युनिस्ट आन्दोलनले लक्ष्य हासिल गर्न नसकेको दाबि गरे । उनले भने "अब नेपालमा धेरै राजनीतिक दल हैन बलियो राजनीतिक दलहरूको आवश्यक छ, जसले ६२/६३ को आन्दोलनको उपलब्धिलाई टेकेर देशको समृद्धिमा अगाडि...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"