राजनीति

एमाले प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा,सचेतकमा सुनीता बराल

एमाले प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा,सचेतकमा सुनीता बराल

Breaking News 2, राजनीति
काठमाण्डौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा हुनुका साथै सचेतकमा सुनीता बराल नियुक्त भएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।  ...
कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

Breaking News 2, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।  ...

कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।  ...
नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वरमा सोमबार भेटेर प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मोहन गौतमले रातोपाटीलाई बताए । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । रातोपाटीबाट  साभार...
माओवादी नेता हित बहादुर तामाङ सहित तीन मन्त्रीले लिए शपथ

माओवादी नेता हित बहादुर तामाङ सहित तीन मन्त्रीले लिए शपथ

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौं । माओवादी नेता हित बहादुर तामाङ सहति तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । आज सपथ ग्रहन गरेका मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । तिनै जना मन्त्रीहरुले बिना बिभागिय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।...
नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल हुने अवस्था बनिनसकेको बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने र छलफल पश्चात निस्कने निचोडको आधारमा मात्रै सरकारमा सहभागि हुन सक्ने बताए । नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला भन्दै ‘अहिले वेट एण्ड सी मा नै रहेको जनाएका छन् ।...
अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।   आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएको छ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी जसपा, र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई समेत समेट्ने सहमति भएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको हो । स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएक...
२० जना राष्ट्रिय सभाका सदस्यको पदावधि आजदेखि सकिँदै

२० जना राष्ट्रिय सभाका सदस्यको पदावधि आजदेखि सकिँदै

Breaking news 3, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
काठमाडौँ । २० जना राष्ट्रिय सभाका सदस्यहरूको पदावधि आज देखि सकिँदै छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना राष्ट्रिय सभा सदस्यहरुको पदावधि आजदेखि सकिने भएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने संबैधानिक व्यवस्था रहेको छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना रहेका छन् । आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । बाँकी रहेको एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।...
प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्दै

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्दै

राजनीति, समाचार
काठमाडौं / संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक १२.०९ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ’राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।...
मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती

मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँविरुद्ध गैरकानुनी तथा गैरराजनीतिक व्यवहार गरेकोभन्दै नेपाल तरुण दल मनहरीले आइतबार गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । ४ वटा पुल निर्माणको जिम्मेवारी पाएकोमा ढिलासुस्ति भएकोभन्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको तस्वीरसहित संयुक्त दबाबको नाममा मनहरीका पाँच राजनीतिक दलले चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै तरुण दलले गाउँ कार्यपालिकाको कार्यालय अगाडि नै विरोध सभा गरेको हो । विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनीतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको र खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको बताए । उनले विगतमा एमालेले मन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"