राजनीति

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।...
बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै

बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै छ । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको बताए । सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उनले बताए । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए । संसदीय दलका नेता विदेश भ्रमणमा रहेकाले सो विषयमा निर्णय लिन केही दिन ढिला भएको उनको भनाई छ । सरकारको विषयमा पार्टी नेतृत्व र दलका नेता तथा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग सम्वाद पछि राजीनामाको निर्णयमा पुगेको उनले बताए । बुधबार बिहान मात्र मन्त्री चित्रकार र मुख्यमन्त्री जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको ...
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बिहान ११ बजे बस्न लागेको हो । नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफलका लागि पाटीको बैठक बस्न लागेको सचिवालयले जनाएको छ । मंगलबार एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समाजवादीका अध्यक्ष माधव नेपालको निवासमै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री दाहाल र ओलीसँग भएको भेटमा अध्यक्ष नेपाल सकारात्मक रहेको बताइएको छ ।...
कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लियो

कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लियो

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो । बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।...
नेकपा एसको अध्यक्ष माधव नेपालको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड र ओली

नेकपा एसको अध्यक्ष माधव नेपालको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड र ओली

Breaking news 3, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।  ...
नेपाली कांग्रेसले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

नेपाली कांग्रेसले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे संगै कांग्रेस आधिकारीक रुपमा सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका थिए ।  ...
एमाले प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा,सचेतकमा सुनीता बराल

एमाले प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा,सचेतकमा सुनीता बराल

Breaking News 2, राजनीति
काठमाण्डौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा हुनुका साथै सचेतकमा सुनीता बराल नियुक्त भएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।  ...
कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

Breaking News 2, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।  ...

कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।  ...
नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वरमा सोमबार भेटेर प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मोहन गौतमले रातोपाटीलाई बताए । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । रातोपाटीबाट  साभार...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"