राजनीति

जसपा फुटको संघारमा, अशोक राईको पक्षमा ७ सांसद, निवेदन आयोगमा दर्ता

जसपा फुटको संघारमा, अशोक राईको पक्षमा ७ सांसद, निवेदन आयोगमा दर्ता

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौं । जनाता समाजवादी पार्टी नेपा फुटको संघारमा पुगेको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी संघयि परिषद अध्यक्ष अशोक राई सहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत रहेका छन् । जसपा नेपालसँग संघीय संसद्‌मा १२ सांसद छन् । उपेन्द्र यादव सरकारी भ्रमणको क्रममा अमेरीकामा रहेका छन् ।...
उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

Breaking News 1, बागमती प्रदेश, राजनीति, शिक्षा, समाचार
हेटौँडा / बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो । सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले बताए ।...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन ओलिको निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन ओलिको निर्देशन

Breaking News 1, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए । ...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने

Breaking news 3, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
धनगढी / नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए । शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं पुगेका छन् । श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताए ।...
प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रधानमन्त्री: दाहाल

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रधानमन्त्री: दाहाल

Breaking News 2, राजनीति
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आम सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए । “प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसिकताको विकास गराउने, सामाजिक सद्भाव बिथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ ।”...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको निर्देशन जारी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको निर्देशन जारी

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

Breaking news 3, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन शुक्रबार बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएको थियो । उहाँ नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको हो । विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ ।...
रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

Breaking news 3, राजनीति, समाचार
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठक शुक्रबारका लागि बोलाइएको हो । महामन्त्री मुकुल ढकालले शुक्रबार सचिवालयको बैठक र बैशाख २४ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैशाख २९ मा केन्द्रीय समितिको बैठक डाँकीएको पनि जानकारी दिनुभयो । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएपछि त्यसको समिक्षा गरिने महामन्त्री ढकालले बताउनुभयो । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको वैशाख २१ गते दुई महिना पुग्दैछ ।...
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित,रास्वपाका उम्मेद्धार मिलन लिम्बुको जमानत जफत

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित,रास्वपाका उम्मेद्धार मिलन लिम्बुको जमानत जफत

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो । त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । चुनाव जित्ने आंकलन गरेका रास्वपाका उम्मेद्धार मिलन लिम्बु सहित १६ जनाको जमानत जफत भएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका ...
सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरे

सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरे

Breaking News 1, राजनीति, समाचार
काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् । ४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"