राजनीति

माओवादी नेतृ पम्फा भुसाल कोरिया आइपुगिन् , जनप्रगतिशील मञ्चको अधिवेशनको तयारी पुरा 

माओवादी नेतृ पम्फा भुसाल कोरिया आइपुगिन् , जनप्रगतिशील मञ्चको अधिवेशनको तयारी पुरा 

Breaking News 2, प्रमुख समाचार, प्रवास, राजनीति
शुभराज भोम्जन  दक्षिण कोरिया । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवम् पूर्व मन्त्री पम्फा भुसाल आज बिहान दक्षिण कोरिया आइपुगेकी छन् । नेतृ भुसाललाई माओवादी निकट जनप्रगतिशील मञ्च दक्षिण कोरियाको नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् । जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौँ अधिवेशनमा सहभागि हुनको लागि उपाध्यक्ष भुसाल कोरिया आएकी हुन् । नेतृ भुसाल सँगै माओवादी केन्द्रका युवा नेता ओम शर्मा पनि दक्षिण कोरिया आएका छन् । जनप्रगतिशील मञ्च दक्षिण कोरियाको आसन्न छैटौँ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष इश्वर कठायतले लाबान्युजलाई जानकारी दिएका छन् । भोलि १८ तारिख आइतबारका दिन सौलको  서울특별시 종로구 종로 ३८६ मा हुने अधिवेशनमा सहभागि हुनको लागि शुभेच्छुक तथा शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।  ...
कर्णालीका मुख्यमन्त्री कँडेलले दोस्रोपटकविश्वासको मत पाए

कर्णालीका मुख्यमन्त्री कँडेलले दोस्रोपटकविश्वासको मत पाए

Breaking news 3, कर्णाली प्रदेश, राजनीति, समाचार
सुर्खेत/ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।   मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए ।...
नेपाली कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित

नेपाली कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ ९१० बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।   केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिए । उनका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् । त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् ।...
मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी ९० जना एमालेमा प्रवेश

मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी ९० जना एमालेमा प्रवेश

Breaking News 1, राजनीति, समाचार
हेटौंडा / मकवानपुरगढी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा सदस्यता लिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग ९० जना  एमालेमा प्रवेश गरेको हो । मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।...
बागमतीका सामाजिक विकास मन्त्री खङ्गीद्वारा प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण

बागमतीका सामाजिक विकास मन्त्री खङ्गीद्वारा प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा/ बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ)ले प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण गरेका छन् । मन्त्री खड्गीले सोमवार हेटौंडा उप–महानगरपालिका वडा नं १ स्थित बागमती प्रदेश विश्वविद्यालय निर्माण सञ्चालनका लागि ५ रोपनी क्षेत्रफल रहेको प्रयोगविहीन जग्गा अवलाकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्रि खड्गिले विश्वविद्यालय निर्माण एवं संचालनका लागी अगाडि बढाई सबन्धित निकाय मन्त्रालयसंग आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गरि वैदेशिक शिक्षाका लागि विदेशीने परम्परा समाप्त पार्न स्वदेशमै विश्वविद्यालय जस्ता शिक्षण संस्था निर्माणका लागी आफु सकारात्मक रहेको मन्त्री खड्गीले बताएका छन् ।...
“नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै मेरो भ्रमण अर्थपूर्ण रहन्छ” : महामन्त्री थापा 

“नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै मेरो भ्रमण अर्थपूर्ण रहन्छ” : महामन्त्री थापा 

Breaking News 1, Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल एयरलाइन्सको जहाजलाई दक्षिण कोरियामा उडाउन सकेको खण्डमा मात्रै आफ्नो भ्रमण सफल हुने बताएका छन् । आइतबार दक्षिण कोरियाको राजधानी सौलमा नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महामन्त्री थापाले एस्तो बताएका हुन् । दक्षिण कोरियामा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल एयरलाइन्सको जहाज दक्षिण कोरिया उडाउनको लागि गरेको हाल सम्मको प्रयास बिफल भएकोले थापा समक्ष पहल गरिदिनको आग्रह गरेको थियो । उठेको प्रश्नहरूको जवाफ दिने क्रममा महामन्त्री थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउनको निम्ति पहल गर्ने वाचा गरेका छन् । थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै आफ्नो दक्षिण कोरियाको भ्रमण सफल हुने बताएका थिए । थापाले नेपाल ...
बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज दिउसो विश्वासको मत लिदै

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज दिउसो विश्वासको मत लिदै

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज मंगलबार दिउसो विश्वासको मत लिदै छन् । उनले आिज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका छन् । लामा गत साउन ८ गते बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्य मन्त्री लामालाई कूल ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।...
दक्षिण कोरियाका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे राजदूतमा सिफारिस

दक्षिण कोरियाका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे राजदूतमा सिफारिस

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, राजनीति
काठमाण्डौं । नेपाल सरकारले पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । तुम्बाहाङ्फे नेकपा एमालेको स्थायी कमिटी सदस्य संगै इलाम जिल्ला इन्चार्ज समेतको भूमिकामा हुनुहुन्छ ।   केपि ओली प्रधानमन्त्री हुँदा सन २०१८ मार्च १५ देखी २०२० जनवरी २० सम्म उपसभामुख ,सन २०२० फेब्रुअरी १७ देखी डिसेम्बर २५ सम्म कानुन न्याय तथा ससदिय मामिला मन्त्री र केपिओली नै प्रधानमन्त्री हुँदा सन २०२० डिसेम्बर २५ देखी २०२१ जुन ४ सम्म भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्री भइसक्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस गरेको हो । त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्...
बागमती प्रदेशका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

Breaking News 2, बागमती प्रदेश, मुख्य समाचार, राजनीति
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । उनले साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मत लिने भएको हो ।     लामा मुख्यमन्त्रीमा नियुक्त हुँदा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउमा भएकाले स्पष्ट बहुमत रहेको छ ।...
६० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

६० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

Breaking News 1, राजनीति
हेटौंडा/ बिभिन्न राजनैतिक दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता÷कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उक्त नेता÷कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले उनिहरिलाई स्वागत गरेको केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले जानकारी दिए । गौतमका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सचिवालय सचिब भुवन खनाल, मकवानपुर क्षेत्र नं. १ उपसभापति जगदिश दाहाल, जिल्ला युवा समिति संयोजक दामोदर दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का उपसभापति विकास श्रेष्ठ, पार्टी सदस्य राजु माझी, बिश्व गौतम्, नेपाली कांग्रेस सम्बद्ध निर्माण ब्यवशायी संघ मकवानपुर जिल्ला कोषाध्यक्ष उद्धव देबकोटा,...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"