राजनीति

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ । सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरेपनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । रातोपाटीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए । उनले कांग्रेससँग छलफल गरेर अर्को मिति तोकेर निर्वाचनको मिति तय गर्नुपर्ने उल्लेख गरे । यसबारे राष्ट्रिय सभा बैठक पूर्व आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रस्ताव गर्दै छन् ।...
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । सिटौला केही समय अघि सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित भएर राष्ट्रिय सभामा प्रवेश गरेका नयाँ अनुहार हुन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४ को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । सिटौला गएको प्रतिनिधीसभाको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन संग पराजित भएका थिए ।...
लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौँ । काठमाडौँमा लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । उता सोही पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतोले जनकपुरमा आयोजना गरेको संवाद कार्यक्रममा लोसपाकै अधिकांश कार्यकर्ता सहभागी भएका छन् । बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् । काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए । राष्ट्रिय मुक्ति...
माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादीसंसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिकघटनाक्रमबारे छलफल हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमाछलफल हुने छ । २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमापुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाटविश्वासको मत लिने तयारीमा छन् ।  यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।...
जसपा अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको जिम्मा

जसपा अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ । जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ । जसपा नेपाली कांग्रेस संगको गठबन्धनमा हुदा संघीय परिषद अध्यक्ष अशोक राइको नेतृत्वमा सरकारमा सहभागि भएको थियो ।  ...
नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।  ...
अर्थमन्त्री पुनलाई सेयर बजारमा स्वागत

अर्थमन्त्री पुनलाई सेयर बजारमा स्वागत

Breaking News 1, अर्थ, राजनीति, समाचार
काठमाडौँ / नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ ।   नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर चार दलीय नयाँ सत्ता गठबन्धन बनेसँगै बुधबार पुन अर्थमन्त्री बनेका थिए । अर्थमन्त्रीलाई लिएर सेयर बजारको जोड घटाउ हेर्ने गरिएकोमा पुन आएको पहिलो दिन नै नेप्सेले हरियो बत्ती बालेको हो . बिहीबार नेप्से सूचक साढे १३ अंकले बढ्दै २०३०.५५ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सू+चक ९ अंक माथिले बढेको थियो ।  ...
जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाको १२ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।...
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।   प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।...
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।  
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"