कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा
भैरहवा, २६ कार्तिक । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् ।
दुइ दिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् ।
उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गरे ।
कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा ब्यवसायीक...








