समाचार

मकवानपुरको बागमती गाउँपालिकामा बालिकाको खोलामा डुबेर मृत्यु

मकवानपुरको बागमती गाउँपालिकामा बालिकाको खोलामा डुबेर मृत्यु

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकामा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । बागमती गाउँपालिका—१ हात्तिढुंगाकी १३वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । रुविनासहित तीन जना बालिकाहरू खोलामा सोमबार नुहाउन गएका थिए । रुविनाको हजुरआमा र हजुरबुबाु हतारहतारमा आएर खोलाबाट रुविनालाई निकालेका थिए । रुविनालाई तत्कालै उपचारका लागि झुरझुरेस्थित क्लिनिकमा लगिएको थियो ।उनको उपचार गर्ने क्रममा नै मृत्यु भएृको प्रहरीले जनाएको छ । सोमबार राति नै पोष्टमार्टम गर्न उनको शव हेटौंडा अस्पताल ल्याइएको छ ।...
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा राई सहित ९ जना कार्य समितिमा चयन

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा राई सहित ९ जना कार्य समितिमा चयन

Breaking news 3, प्रवास, राजनीति, समाचार
दक्षिण कोरिया/ नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार सौलमा भएको ओएनएफ दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशने राई सहित ९ जनालाई कार्य समितिमा सर्वसम्मत चयन गरेका हुन् । कार्य समितिको उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई , उपसचिवमा मणिराम गौतम,र सदस्यहरुमा दीप थापा मगर, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ, कुवेर थापा र जीवन पौडेललाई सर्वसम्मत चयन गरेको हो । यसै गरी प्रवासी नेपाली मञ्चका अध्यक्ष सिर्जना नेपालीको सभाअध्यक्षता र नेकपा एमाले सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा  कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वी एशिया र ओसियाना इञ्चार्ज डाक्टर सूर्य पाठक , प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्...
ईन्द्रसरोवरलाई ५ लाख र घलानको परिवारलाई १ लाख प्रदान गर्ने हेटौँडा उपमहानगरपालिको निर्णय

ईन्द्रसरोवरलाई ५ लाख र घलानको परिवारलाई १ लाख प्रदान गर्ने हेटौँडा उपमहानगरपालिको निर्णय

Breaking News 2, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौँडा / मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकालाई हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । बाढी पहिराले प्रभावित पारेका ईन्द्रसरोवर गाउँपालिकाको पुनर्निर्माणका लागि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ प्रदान गर्ने भएको हो । यसै गरी असोज १२ गते सस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौंडा १२ का अनुपम घलानको परिवारलाई पनि १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार उपमहानगरपालिकाको ५४ औं कार्यपालिका बैठकले गरेको हो ।...
चलचित्र “गोजी रित्तै” कार्तिक ३ गते हेटौंडामा विशेष प्रदर्शन हुने

चलचित्र “गोजी रित्तै” कार्तिक ३ गते हेटौंडामा विशेष प्रदर्शन हुने

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ राजु श्रेष्ठको नेपाली कथानक चलचित्र "गोजी रित्तै'' हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । आगामी कार्तिक ३ गते उक्त चलचित्र बिषेश प्रदर्शन हुन लागिएको हो । सोमबार चलचित्र निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाको ओम म्याक्स हलमा सो हुन गईरहेको सम्बन्धमा जानकारी दिए । मकवानपुर र काड्माण्डौं विभिन्न क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको निर्माता एवंम नायिका राधिका लामाले बताइन् । चलचित्रमा नेपाली कथानक विषय वस्तु यूवाहरु नेपालमै बसेर काम गर्छु भन्दा बेरोजगार र असफल भएको सन्देश दिन खोजेको उनले बताइन् । यसै गरी चलचित्रमा बुद्धि तामाङ , श्याम राई, विष्णु सापकोटा, शारदा गिरी , राजु श्रेष्ठ, नमिता राई, मनिल तामाङ, कुञ्जु महर्जन, राधिका स्याङ्तान,माया घलान, पुजा लामा, विक्रम लुङ्वा,भरत पाख्रिन, सातोष थोकर, देव लामा,राजु नेगी, बाबु थिङ, धन पाख्रिन, तुलसी गौतम लगायत कलाकारहरुको ...
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयाप गरेको आरोपमा थप एक जना पक्राउ

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयाप गरेको आरोपमा थप एक जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा छिन् । उनलाई इटहरीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा यसअघि सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम पक्राउ परेका थिए । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरू विरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका छन् । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्...
हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौँ /  हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।...
प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रधानन्यायाधीशमा राउत नियुक्त

Breaking News 2, समाचार
काठमाडौँ / सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजे हुँदैछ । यसअघि असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् ।...
मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते

मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८, साततल्लेमा शनिबार बिहान सवारी दुर्घटना भएको छ । मदनभण्डारी लोकमार्ग अन्तरगत काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नं.को इभी भ्यान अनियन्त्रित भई नालामा खसेर दुर्घटना भएको हो । सवारी दुर्घटनामा परेर तीन जना घाइते भएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घाइते हुनेहरुमा गाडी चालक धनकुटाको बुद्ध नगरपालिका–१, हिले बस्ने वर्ष ५२ को देवी थापा, गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३० की प्रमिला तामाङ र काठमाडांै चावेल बस्ने वर्ष ४८ की बिना तामाङ लामा रहेका छन् । घाइते तीनै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।...
हेटौंडा -११ नम्बर वडा असोज १९ गते बाल मैत्री घोषणा हुदै

हेटौंडा -११ नम्बर वडा असोज १९ गते बाल मैत्री घोषणा हुदै

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ असोज १९ गते शनिबार निकृष्ठ बाल श्रम मुक्त स्थानिय शासन युक्त वडा घोषणा हुदै छ । बिहीबार वडाले पत्रकार सम्मेलनको आयोजना गर्दै निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा स्थानिय शासन युक्त वडा घोषणा गर्न लागिएको जानकारी दिए । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ वडा बाल मैत्री घोषणा गर्न लागिएको हो । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरु मध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत १ वटा सुचक ९७, १ वटा ९५, १ वटा सुचक ९०, १ वटा सुचक ८१ र १ वटा सुचक ८० प्रतिशत सम्म नतिजा हासिल गरेका छन् । वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार कुल ११ हजार १ सय ५ जनसङ्ख्या रहेकोमा १८ वर्ष मुनिका ३ हजार ४ सय १७ बालबालिकाको जनसङ्ख्या रहेका छन् । त्यसमा १ हजार ७ सय ९८ बालक र १ हजा...
चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी विशेष शो सुरु

चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी विशेष शो सुरु

Breaking News 2, मनोरञ्जन, समाचार
हेटौंडा / चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी तीन दिन विशेष शो सुरु भएको छ । कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको तामाङ भाषा र नेपाली भाषाको चलचित्र आज बिहीबार बाट ओम म्याक्स हलमा सुरु भएको हो । चलचित्र अधिकांश मकवानपुर र काठमाडौंमा नै छायाङ्कन भएको र कलाकार पनि मकवानपुरकै रहेका कारण हेटौँडामा विशेष शो गरिएको हो । चलचित्रमा गाउँमा तामाङ र दलित जातिको प्रेमकथामा आधारित विषयवस्तु समेटिएको छ । यसै गरी चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय रहेको छ । चलचित्र ग्याल्बो राजा १८ गते नेपाली भाषामा र १९ गते तामाङ भाषामा प्रदर्शन हुने छन् । चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने छन् । चलचित्र पार्ट २ पनि निर्माण गरिने जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"