बागमती प्रदेशका सामाजिक विकास मन्त्री र कृषि मन्त्रीद्धारा प्रगति विवरण सार्वजनिक
हेटौंडा/ बागमती प्रदेश सरकारमा नेकपा माओवादीका शालिकराम जम्कट्टेलले आईतबार राजिनामा दिए लगत्तै मन्त्रीहरुले भटाभट आफ्नो कार्यकालमा गरेका कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । जम्कट्टेल नेतृत्व सरकारमा मन्त्री रहेका कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले १४ महिने कार्यकाल अवधिमा गरेका कार्यहरु सोमबार सार्वजनिक गरेका हुन् ।
कृषि मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा माटोको गुणस्तरमा सुधार ल्याउन प्रदेशका सात वटा पालिकामा कारखाना स्थापनाको कार्यक्रम समावेश गरिएको बताउदै हप्ते स्किन डिजिज् रोकथामको लागि अभियान चलाई ४८३६४ गाईमा निशुल्क खोप लगाउन सफल भएको बताए । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित किसानलाई २ करोड ३० लाख ५९ हजार ८३ रुपैयाँ राहत रकम कृषकको खातामा पठाईएको उनले बताए । ...








