समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

Breaking News 1, समाचार
काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।...
लोकतन्त्रको विकल्प राजतन्त्र होइन ः भट्टराई

लोकतन्त्रको विकल्प राजतन्त्र होइन ः भट्टराई

Breaking News 1, समाचार
  काठमाडौँ, कार्तिक ९ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो भन्दै एउटा ट्विट जारी गरेका छन् । उनले भनेका छन्,  'भनिन्छ- समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५% जति हुन्छन्; अग्रगामी/वैज्ञानिक चेतना भएका मानिस १०-१५% जति हुन्छन्; कुनै प्रस्ट चेतना नभएका ढुलमुल/मध्यवर्ती मानिस ८०% जति हुन्छन्।त्यसैले जहिल्यै अग्रगामी चेतना भएका मानिसले मुठ्ठीभर प्रतिगामी शक्तिहरू जसलाई पुरानो सत्ता र परम्पराको लाभ हुन्छ तिनका विरुद्ध दरो मोर्चा कसेर बहुसङ्ख्यक मध्यवर्ती वा ढुलमुल जनतालाई तिनको भ्रम जालबाट मुक्त गर्नुपर्छ र निरन्तर उन्नत लोकतन्त्र,समानता र समृद्धिको मार्गमा अगुवाइ गर्नुपर्छ।आजसम्मको विश्व इतिहासको प्रगतिको नियम यही हो; नेपाल त्यसको अपवाद हुन सक्दैन। स्मरण रहोस्, इतिहास बगेको पानी झैँ निरन्तर अघि बढ्छ,पछि फ...
रारामा पर्यटकको घुइँचो, कसरी जाने रारा ?

रारामा पर्यटकको घुइँचो, कसरी जाने रारा ?

समाचार
काठमाडौँ  ।  मुगुको रारामा घुम्न आउने पर्यटकहरूको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ । विशेष गरेर नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरूको सङ्ख्या अत्यधिक बढेको बताइन्छ । पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधा सम्पन्न होटलहरु भइसकेका छन् । यही कारण  रारा घुम्न आउनेहरूको भीड बढेको  छ । रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुवै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृति हेर्नको लागि समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले...
गोरखा केन्द्रबिन्दु भएर दोस्रो भूकम्प

गोरखा केन्द्रबिन्दु भएर दोस्रो भूकम्प

Breaking News 1, समाचार
काठमाडौँ, कार्तिक ५ । गोरखाको आबुखैरेनी केन्द्रबिन्दु भएर दोस्रो भूकम्प आएको छ । भूकम्पको गहिराई ५.२ मेग्नीच्युडको थियो ।  काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । यसअघि वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको निधन

पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको निधन

समाचार
काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको  सदस्यता प्राप्त गरेका पुराना, इमानदार तथा जनप्रेमी नेता मेघराज आचार्यको कार्तिक ४ गतेका दिन बिहान १ बजेर ४० मिनेटमा निधन भएको छ ।  मुटु , पायल्स र प्रोस्टेट रोगबाट पीडित उनी लामो समयदेखिदेखि टीचिग अस्पतालमा भर्ना भएका थिए । नेकपा(माओवादी केन्द्र) का नेता जनार्दन शर्माले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर नेता आचार्यप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । नेता आचार्यलाई सूचना तथा प्रसारण मन्त्री रेखा शर्मा लगायत अग्रज व्यक्तित्व तथा परिवारजनबाट श्रद्धाञ्जली व्यक्त गरिएको थियो । श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले दिवङ्गत नेता आचार्यको मृत्यु पहाड भन्दा पनि गर्हुंगो भएको बताए ।   वि.सं.१९९६ साल असार ८ गते प्युठानको तिघ्रामा जन्मिएका नेता आचार्य, कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै ...
सय वर्ष पूरा भएका ६१ जनाको अनुभव अब पुस्तकमा

सय वर्ष पूरा भएका ६१ जनाको अनुभव अब पुस्तकमा

समाचार
काठमाडौँ, ४ कार्तिक । एक सय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिला पुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । बर्मामा दोस्रो विश्वयुद्ध लडेका वीर सिपाही दोलखाका एक सय एक वर्षीय शताब्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बङ्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई बर्सिया इन्द्रमाया पौडेलसम्मको जीवन सङ्घर्ष समेटिएको पुस्तक विमोचन भएको हो । पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरू जो एक सय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरूको कथा व्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताब्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन् । देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पुस्तकको प्रकाशन गरेको हो । पुस्तक एक सय १६ पृ...
बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन

बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन

समाचार
काठमाडौँ, कार्तिक ३ गते । बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ । गाजामा अस्पताल सहित सर्वत्र बम वर्षा गरेर नरसंहार तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकोमा भर्त्सना गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । पर्दशनकारीहरुले तत्काल युद्ध विराम गर्न र प्यालेस्टाइनी जनताको स्वाधीनताको ग्यारेन्टी र सम्मान गर्न माग गर्दै नेपाल सरकारसँग छिटो यसबारे प्रस्ट धारणा ल्याउन आग्रह गरेका छन् । बृहद नागरिक आन्दोलनले एउटा पर्चा जारी गर्दै भनेको छ, 'इजरायल–प्यालेष्टाइन सङ्कट सम्यक् समाधानको पहलको सट्टा निहत्था प्यालेष्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय र विश्व–शक्तिहरूको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।' नागरिकको आन्दोलनको प्रदर्शनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राजेन्द्र महर्जन समेत सहभागी थिए ।...
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

समाचार
काठमाडौँ, २ असोज । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एक जना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताइन्। यस्ता छन् बैठकले गरेका थप निर्णय - नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अर्जुन जङ्ग थापालाई बढुवा गर्ने । - न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानुन समूहतर्फका ६ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गर्ने । - आसन्न दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने । - राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । -...
यस्तो छ राष्ट्रपतिले टीका लगाइदिने समय

यस्तो छ राष्ट्रपतिले टीका लगाइदिने समय

समाचार
काठमाडौँ, २ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। शीतल निवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ। राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय सांसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्। यसै गरी राष्ट्रपतिबाट  निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन्। टीका ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको छ।...
यस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको मेडिकल सर्टिफिकेट

यस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको मेडिकल सर्टिफिकेट

समाचार
काठमाडौँ, २ कात्तिक। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहीबार  दिउँसो 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।   श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  'स्टेन्ट' राखिएको समेत अस्पतालले जनाएको छ।   श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आइसियुमा रहेका र उनी स्थिर अत्यावश्यक सङ्केतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"