समाचार

कोशीमा  एमाले सहित सरकारको मसालद्वारा विरोध

कोशीमा एमाले सहित सरकारको मसालद्वारा विरोध

समाचार
काठमाडौँ आश्विन ३० ।  कोशीमा एमाले सहितको मन्त्रीपरिषद् गठन गठबन्धनको समझदारीको विपरीत छ र त्यस प्रकारको सरकारको गठनले देशलाई प्रतिगमनको दिशामा लैजानको लागि उन्मुख गर्ने भन्दै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गरेका छन् । उनले वक्तव्यमा भनेका छन् ः  हामीले कोशीमा बनेको एमाले सहितको सरकारको कडा शब्दमा विरोध गर्दछौँ । हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि ने.का.भित्रको प्रतिपक्षले, एकातिर, एमालेसित गठबन्धन गरेर सरकार बनाएर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गर्दै छ भने अर्कातिर अमेरिकन परस्त तत्त्वहरूसित पनि गठबन्धन गरेर देशमा अमेरिकी साम्राज्यवादको इण्डोप्यासिफिक र तिब्बत सम्बन्धी रणनीतिको लागि नेपालको भूमि प्रयोग गर्नका लागि आधार तयार पार्ने प्रयत्न गर्दै छ ।  हामीले पहिले पनि बारम्बार यो स्पष्ट गरिसकेका छौँ कि ने.का.भित्र चलिरहेको अन्तरसंघर्ष खालि त्यो दलसित मात...
गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु

गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु

Breaking News 1, समाचार
काठमाडौँ, ३० असोज । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मङ्गलवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिएर अभियानको सुरुआत गरेका हुन् ।   २८ असोजमा पर्वत जिल्ला प्रशासन कार्यालयबाट कुलले नागरिकताको प्रमाणपत्र पाएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ : १. गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दसैँ, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २. गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन समयमा सम्पन्न हुन नसकी सङ्घभित्र केही विवाद र असहमतिहरू रहे...
सुस्तावासीले अब भारतीय बाटो प्रयोग गर्नु नपर्ने

सुस्तावासीले अब भारतीय बाटो प्रयोग गर्नु नपर्ने

समाचार
काठमाडौँ, ३० असोज । सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ । नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्तावासी नेपालको पुल प्रयोग गरेर आवतजावत गर्न पाउने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदी पारीको सुस्तामा उभिएर बोल्दै छु। पृष्ठभूमिमा नारायणी नदी माथि बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय  बाटो प्रयोग गर्नुपर्ने सुस्तावासीको बाध्यता अन्त्य हुँदै छ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आउने मलाइ विश्वास छ ।’ उनले सो पुलले भूगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन् । ‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासीको भावनालाई पनि जोड्नेछ’...
‘७८ प्रतिशत बालबालिकाको समाचार उनीहरूको दुर्व्यवहार सम्बन्धी हुन्छ’

‘७८ प्रतिशत बालबालिकाको समाचार उनीहरूको दुर्व्यवहार सम्बन्धी हुन्छ’

समाचार
काठमाडौँ, ३० असोज । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरूले दुःख व्यक्त गरेका छन् । चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँग गरेको अन्तरक्रियामा उनीहरूले कुल समाचारको झन्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरूको मुद्रामा रहेको बताए । यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरूले बालबालिका सम्बन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रसारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले ससाना बालबालिकाहरूको मुद्रामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्बन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका समाचारहरू रहने गरेको तथ्याङ्क प्रस...
आज वाट एनआरएन महाधिवेशन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

आज वाट एनआरएन महाधिवेशन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

Breaking News 1, समाचार
काठमाडौँ, ३० असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। होटेल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उद्घाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ । यस महाधिवेशनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरू बद्री केसी र रविना थापा यस पटक पनि प्रत्याशी छन्। अध्यक्षका प्रत्याशी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दाबी गरेका छन् । एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ  । एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रत...
धनगढी पुगेर प्रचण्डले भने– एमालेभित्र पहिलो पटक ठुला चिरा परेको छ

धनगढी पुगेर प्रचण्डले भने– एमालेभित्र पहिलो पटक ठुला चिरा परेको छ

समाचार
  काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस पार्टी हो कि मञ्च भनेर बुझ्न नसकिएको बताएका छन्। धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काङ्ग्रेसबारे प्रस्ट हुन नसकेको टिप्पणी गरे। उनले नेकपा एमालेभित्र पहिलो पटक ठुला चिरा परेको पनि बताए। 'पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ। राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,' उनले भने। यसका साथै उनले भ्रष्टाचारका सबै फाइल मिलाएर खोलिरहेको दाबीसमेत गरेका छन्।...
कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

Breaking News 1, समाचार
धनगढी, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ। कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।
घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न : विश्वप्रकाश

घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न : विश्वप्रकाश

समाचार
काठमाडौँ, २९ असोज । कोसी सरकार गठन प्रक्रियामा शेखर कोइराला पक्षधरले अपनाएको ‘तरिका’ प्रति नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोइराला पक्षधर केदार कार्की मुख्यमन्त्री बने पछि महामन्त्री शर्माले असन्तुष्टि जनाएका हुन् । उनले कोसी सरकार गठन पछि कोइरालाले चालेको कदममा टिप्पणी गर्दै भनेका छन्, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न ।’ उनले गठबन्धन परिवर्तन गर्ने भएमा सल्लाहमा नै संस्थागत निर्णय गर्न सकिने जनाएका छन् । उनले पहिला पनि पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नहुने अडान आफू र अर्का महामन्त्री गगन थापाले राखेको स्मरणसमेत गराएका छन् । ‘काँग्रेस, माओवादी र एसको गठबन्धन संसद् विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो, काँग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १...
प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम जाँदै, यस्तो छ भ्रमण कार्य तालिका

प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम जाँदै, यस्तो छ भ्रमण कार्य तालिका

Breaking News 1, समाचार
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जान लागेका हुन । आजको सुदूरपश्चिम कार्य तालिका अनुसार प्रधानमन्त्री धनगढीबाट सिँधै लम्की प्रस्थान गर्ने छन्। लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष  महेश बडूवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अपराह्न १२ देखि १ बजेको बिचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनी करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन्। आज नै ५ः३० बजे श्री एयरलाइन्सको उडानबाटै काठमाडौँ फिर्ता हुने कार्य तालिका रहेको छ।...
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

समाचार
काठमाडौँ, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन् । वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरूले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । गठबन्धन भत्काउने प्रयास कोसी प्रदेशबाट सुरु गर्न खोजिए पनि असफल भएको बताउँदै उनले भने, ‘कोसी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एक थरी मान्छे विक्षिप्त भएर यहाँ खेलेर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए ।’...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"