समाचार

तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

समाचार
मंसिर९, काठमाडौं ।  प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्यसरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो । कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतक...
फ्रान्स र जर्मनी सहित ६ देशका नागरिक बिना भिसा चीन जान पाउने

फ्रान्स र जर्मनी सहित ६ देशका नागरिक बिना भिसा चीन जान पाउने

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ, ८ मङ्सिर । चीनले बिभिन्न ६ देशका लागि भिसामुक्त यात्राको परीक्षण गरेको छ । चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसामुक्त यात्राको परीक्षण गरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । यी देशका साधारण राहदानी धारकहरूले यहि डिसेम्बर देखि सन् २०२४ को नोभेम्बर सम्म सम्म १५ दिन सम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् । यसले चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्न मद्दत पु¥याउँने विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार भनेका छन् । हाल, अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ । सन् २०२० मा कोरोनाभाइरस महामारीलाई ध्यानमा राख्दै चीनले कडा रुपमा यात्रा प्रतिबन्ध लगाएको थियो । तीन वर्षसम्म चीनले अन्य देशका नागरिकलाइ यसरी कडा प्रतिबन्ध लगाएका कारण पर्यटन र व्यापारमा असर पर्न गएको भन्दै चीनले यस्तो नीति अप...
सर्वोच्चले माग्यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

सर्वोच्चले माग्यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

समाचार
काठमाडौँ, ८ मङ्सिर । सर्वोच्च अदालतले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएका थिए । सो रिटमाथि शुक्रवार सुनुवाइ गर्दै इजलासले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जारुरी गर...
प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने

प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने

समाचार
काठमाडौँ, ८ मङ्सिर ।  मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन। अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली

विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली

Breaking News 1, समाचार
काठमाडौँ, ८ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्न पर्ने विचार ब्यक्त गरेका छन्। पार्टीको परराष्ट मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप (२८ ) मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा परावणीय संकट निम्तिन सक्ने बताउदै नेपालले संकट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए । हिमाललाई तीब्र असर पुर्‍याउने काम विकसित देशले गरिरहेका छन। त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिने बेला आएको छ, उनले भने । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु पर...
दुर्गा प्रसाईँ समर्थक आन्दोलनकारी धमाधम पक्राउ

दुर्गा प्रसाईँ समर्थक आन्दोलनकारी धमाधम पक्राउ

समाचार
काठमाडौँ, ८ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् । आज ११ बजे देखी तीनकुने, काठमाडौँमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरूलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु¥याउने उद्देश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन् । उता, जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुनेमा प्रसाईँ समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।...
भारतमा एक युवकले आफ्नै घाटी काटेर मातालाई बलिदिए पछि…

भारतमा एक युवकले आफ्नै घाटी काटेर मातालाई बलिदिए पछि…

समाचार
नयाँ दिल्ली, ८ मङ्सिर । झाँसीको बरुसागरको प्रसिद्ध सिद्ध पीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैलाई बलिदिने प्रयास गरे । युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।   त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए ।   वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन् । युवकको पहिचान नीरज रहेको प्रहरीले जनाएको छ । नीरज राईकवार भानगुवा निवासी भएको प्रहरीले जनाएको छ । घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रह...
उप–प्राध्यापक चलाउने माथि आक्रमण गर्नेहरुलाई २ वर्ष कैद

उप–प्राध्यापक चलाउने माथि आक्रमण गर्नेहरुलाई २ वर्ष कैद

समाचार
मंसिर ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको फैसला गर्दै कैद र सजाय तोकेको हो । न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरु हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको हो । ज्यान मार्ने उद्योगमा यो मुद्दा चलेको थियो । उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका तत्कालिन इकाइ सभापित आचार्य, सचिव रावल लगायतको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उनीहरुलाई कारबाहीको माग गर्दै चलाउने तीन वर्षदेखि सं...
घाँटीमा सुन्तलाको केस्रा अड्किएर गुल्मीमा बालकको निधन

घाँटीमा सुन्तलाको केस्रा अड्किएर गुल्मीमा बालकको निधन

समाचार
मंसिर ७, काठमाडौं ।  सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ। मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका ३ वर्षीय आयुष ठकुरीको सुन्तलाको केस्रा घाँटीमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए। मालिका छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकोमा बिहीबार दिउँसो घरको छतमा बसेर आमासँगै सुन्तला खाइरहेका आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको प्रहरीले जनाएको छ। घाँटीमा सुन्तलाको केस्रा अड्किएपछि श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि गुल्मी अस्पतालमा लगिएकोमा दिउँसो साढे २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।...
दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

राजनीति, समाचार
मंसिर ७, काठमाडौं । गणतनत्रको बिरोधी मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भातृ संगठन युवासंघकाक नेता कार्यकर्ताले बिहिबार काठमाडौंमा छुट्टा छुट्टै प्रर्दशन गरे । प्रसाईंको आन्दोलन दबाउन भन्दै आन्दोलनमा त्रत्रिएको युवा संघ र प्रसार्इं पक्ष दुबैका बराबरी जस्तै प्रर्दशनकारी थिए । तिनकुने क्षत्रेमा प्रर्दशन गरेको युवासंघको आन्दोलन केही व्यवस्थित देखिएको भएपनि बल्खु क्षेत्रमा भएको प्रसाईं नेतृत्वको प्रर्दशनमा प्रर्दशनकारी घाइते समेत भए । बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षबीच झडप हुँदा २८ जना घाइते भए । बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । जस क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । प्रदर्शनकारीतर्फ २३ जना सामा...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"