प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह
मंसिर ६, काठमाडौं । नेपालमा सरकारले टिकटक बन्द गरेको भएपनि नेपालीहरुले टिकटक चलाइरहेका छन् ।
सामाजिक सञ्जाल टिकटकबाट सकारात्मक भन्दा नकारात्मक सुचना धेरै फैलिएको, सामाजिक सद्भाव बिथोलिएको, किशोरकिशोरीहरु अनावश्यक लतमा फसेको लगाएत कारण देखाउदै नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयले टिकटकलाइ पूर्णरूपमा बन्देज गरेको थियो ।
तर सरकारले प्रतिबन्ध लगाएपनि युवाहरुले भिपिएन, डिएनएस जस्ता एपबाट नेपालमा टिकटक चलिरहेको छ । चर्चित टिकटकरहरुले टिकटकमाथीको प्रतिवन्ध खुलाउन आन्दोलन मात्र गरिरहेका छैनन्, यस्ता माध्यमबाट टिकटक कसरी चलाउँने भन्दै सामाजिक सञ्जालमा नै पोष्ट समेत गरिरहेका छन् ।
तर सरकारले भने यसरी अबैध तरिकाबाट टिकटक नचलाउन बारम्बार आग्रह गरिरहेको छ । टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीको पनि अनुरोध छ । यसबाट...








