रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली
हेटौंडा/ रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध हेटौंडामा खबरदारी तथा विरोध र्याली निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी युवा सङ्गठन मकवानपुरको आयोजनामा सोमबार रास्वपा केन्द्रिय सदस्य रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध खबरदारी तथा बिरोध कार्यक्रम अनुसार विरोध र्याली निकालिएको हो ।
उक्त र्याली द्रुत कार्य टोलि बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा विरोध र्याली निकालिएको हो । बिरोध र्यालिमा करिव २५० जनाको उपस्थितिमा ब्यानर , पम्प्लेट र राष्ट्रिय झण्डाहरु बोकेर टाउकोमा निलो रिबन बाधि नाराबाजी गर्दै र्याली सुरु गरेको थियो । उक्त र्यालिमा भ्रष्ट सरकार चाहिदैन,नेपाली जनता के भन्छ बिधिको शासन ले भन्छ , –दलाल माफिया होसियार , –दुई तिहाइको पाराले दुख पाए साराले ,भ्रष्ट सेक्ने आशामा राष्...








