समाचार

विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

शिक्षा, समाचार
८ पौष, काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेता र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउन कानुनी जटिलता हुन सक्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । राईले विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था रहेको उल्लेख गरे । यी व्यवस्थाका कारण त्यो सम्भव हुन नसक्नेतर्फ उनले संकेत गरे । उनले निश्चित समयसीमा दिएर सो दिशातिर जान भने सकिने आफ्नो धारणा रहेको बताए । विद्यार्थीलाई कर लगाएर सामुदायिक विद्यालयमा पढाउनेभन्दा पनि गुणस्तर बढाएर आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।...
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेश, समाचार
७ पुस, दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त  गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्। लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा 'रोज राणा' को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए। कृष्णा केसीलाई मन्त्री बनाउने निर्णय माओवादीले झन्डै आठ महिना पहिल्यै गरिसकेको थियो।...
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने

प्रमुख समाचार, समाचार
७ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने बताएका छन् । शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले भने, 'सरकारले अहिलेसम्म के गर्‍यो ? के भयो ? के भएन ? मैले नयाँ ढ‌गले जान्छु भनेको छु, त्यो नयाँ ढंगले जाने भनेको के हो भनेर म विशेष सम्बोधन गर्दैछु ।' मन्त्रीहरुको त्रैमासिक समीक्षामा असन्तुष्टि जनाएका प्रधानमन्त्री दाहालले यसअघि मन्त्रिपरिषद् बैठकमा पनि नयाँ ढंगले जाने भन्दै प्रस्तुत भएका थिए । नेताहरुका अनुसार प्रधानमन्त्री दाहालले एक वर्ष पूरा भएपछि मन्त्रीहरु हेरफेर गर्न चाहेका छन् भने सरकारबाहिर रहेका अन्य दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । आगामी मंगलबार उनी प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रम

प्रमुख समाचार, राजनीति, समाचार
७ पुस, पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रमण भएको प्रयास भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।  रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।...
आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन : राष्ट्रपति रामचन्द्र पौडेल

आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन : राष्ट्रपति रामचन्द्र पौडेल

प्रमुख समाचार, समाचार
७ पुस, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका हुन् । उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’ उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताए । राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्ब...
कांग्रेसका हरेक क्रियाशील सदस्यले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्नुपर्ने नेता प्रदीप पौडेलको प्रस्ताव

कांग्रेसका हरेक क्रियाशील सदस्यले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्नुपर्ने नेता प्रदीप पौडेलको प्रस्ताव

राजनीति, समाचार
७ पुस, काठमाण्डौं - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले दलहरूलाई दुई तिहाई बहुमत ल्याउन निर्वाचन प्रणाली फेर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै नेता पौडेलले कार्यशैलीमा सुधार भए बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक नभएको बताए । ‘बहुमत ल्याउनका लागि निर्वाचन प्रणालीले कुनै बाधा पुर्‍याएको छैन । यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिन्छ,’ नेता पौडेलले अघि भने, ‘तर सरकारमा गएर राम्रो काम गर्नुपर्छ । यदि कांग्रेसले सम्हालेको सरकारले सबै खाले भ्रष्टाचारको अन्त्य गर्छ भने म ठोकुवा गरेर भन्छु, कांग्रेसले बहुमत ल्याउँछ ।’ सम्मेलनमा कांग्रेसकै नेताहरूले समानुपातिक निर्वाचन प्रणालीका कारण बहुमत आउने अवस्था नरहेको भनेपछि नेता पौडेलले समानुपातिक निर्वाचन प्रणाली कुनै पनि द...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी

प्रमुख समाचार, राजनीति, समाचार
७ पुस, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह गरे । शर्माले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गर्दै त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए । प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।...
अध्यादेशमार्फत भएपनि संघीय निजामती ऐन ल्याइने छ: धनराज गुरुङ

अध्यादेशमार्फत भएपनि संघीय निजामती ऐन ल्याइने छ: धनराज गुरुङ

प्रमुख समाचार, समाचार
७ पुस, काठमाण्डौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सञ्चालनमा ढिलाइ भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याइने बताएका छन् । शनिबार नेपाली कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलाइ भए अध्यादेशमार्फत ल्याइने जानकारी दिए । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिटै संघीय कानुन पारित गर्ने तयारीमा सरकार रहेको समेत उनले उल्लेख गरे । “प्रदेशहरूले झन्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो । निश्चित रूपमा झन्डा त पायो प्रदेशमा, तर हामी दण्ड नपाउने परिस्थिति अन्त्य गर्दै छौँ । छिटै अन्त्य गर्दै छौँ । महत्त्वपूर्ण ऐन, कानुन, शिक्षा विधेयक जसले संघीयता कार्यान्वयनको एउटा पाटो हो, मिनि संसद्मा विचाराधीन छ । संघीय कर्मचारी ऐन अर्...
राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : शेबहादुर देउवा

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : शेबहादुर देउवा

प्रमुख समाचार, राजनीति, समाचार
७ पुस, काठमाण्डौं - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको वाग्मती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरेका हुन् । उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर कांग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापि...
कोरियन भाषा परीक्षा (इपीएस)का लागि शुक्रवार १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्।

कोरियन भाषा परीक्षा (इपीएस)का लागि शुक्रवार १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्।

समाचार
७ पुस, काठमाण्डौं - हिजो अन्तिम दिन राति १२ बजेसम्म १ लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्। पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"