समाचार

बागमती प्रदेश सरकारमा नेकपा एसका  आलेमगर मन्त्रीमा नियुक्त

बागमती प्रदेश सरकारमा नेकपा एसका आलेमगर मन्त्रीमा नियुक्त

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर मन्त्रीमा नियुक्त भएको छ । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार आलेलाई मन्त्री नियुक्त गरेको हो । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने बताइएको छ । सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् ।...
सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

Breaking news 3, समाचार
हेटौंडा/  ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौडा ११ को आयोजनामा ऋण सदुपयोगिता र भाखा नागेका ऋण असुली सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ऋणी सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष आशा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ र ऋण अधिकृत कान्छी श्रेष्ठले सहभागीहरुलाई ऋणको सदुपयोगिता र भाखा नागेका ऋण असुली बारे सहजीकरण गरेका थिए । सहकारी संस्थाका ३८ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा ऋण उपसमिति संयोजक अञ्जु गुरागाई लगायत संस्थाको संचालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी र बिभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको संस्थाकी अध्यक्ष आशा अधिकारीले बताउनुभयो । “सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने ना...
जेसीजको उद्घोषण तालिम सम्पन्न

जेसीजको उद्घोषण तालिम सम्पन्न

Breaking news 3, समाचार
थाहा / चैत्ररपालुङ जेसीज बर्ष २०२४ को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न भएको छ । शनिबार थाहा नगरको शंकर होटलमा भएको तालिममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी संस्था थाहा १, महिला जगृति उत्थान बचत तथा ऋण सहकारी संस्था थाहा–६ का सदस्य तथा पदाधिकारी तथा पालुङ जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । तालिमलाई पालुङ जेसीजका बर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान र भूमिराज अवस्थीले सहजिकरण गरेका थिए । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्ष्तामा भएको तालिम कार्यक्रममा थाहा नगरपालिका वडा नं।६ का अध्यक्ष राजनभक्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष बिराज थापाको संयोजकत्वमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष नारायण तामाङले स्वागत गरेका थिए । तालिम कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष जयराम खत्री, नवराज लामा, मनोज रायमाझी लगायतको आतिथ्यता ...
बकैयामा भिरबाट लडेर ८ वर्षिय पुर्णिमाको  मृत्यु

बकैयामा भिरबाट लडेर ८ वर्षिय पुर्णिमाको मृत्यु

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बकैया वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिय पुर्णिमा भोम्जनको भिरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । स्थानीय सन्दिप भोम्जनको छोरी घरबाट निस्कि हिडेको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेका थिए । आफ्नै घरदेखी दुइ सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट लडि मृत अवस्थामा फेला परेको जनाएको छ ।...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले त्रिविलाई दिईन धन्यवाद

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले त्रिविलाई दिईन धन्यवाद

शिक्षा, समाचार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाउने निर्णय गरेको छ । त्रिवि प्राज्ञिक परिषद्को बैठकले स्नातक तहको प्रश्न पत्र दुवै भाषामा बनाउने निर्णय गरेको हो । उक्त निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिविलाई धन्यवाद दिएकी छन् । विद्यार्थीहरूले लामो समयदेखि उठाउँदै आएको माग पुरा गरेको भन्दै त्रिविका उपकुलपतिलाई धन्यवाद दिएकी हुन् । शिक्षामन्त्री हुनु अगाडी उनले प्रश्न पत्र नेपाली अङ्ग्रेजी दुवै भाषामा बनाउनुपर्ने आवाज उठाउँदै आएकी थिइन् । उनले सदनमै प्रश्न पत्र देखाएरै प्रश्न पत्र नेपाली र अङ्ग्रेजी दुवैमा बनाउनुपर्ने माग राखेकी थिइन् ।...
देशका अधिकांश भूभागमा आज पनि वर्षा

देशका अधिकांश भूभागमा आज पनि वर्षा

समाचार
काठमाडौं/ देशका अधिकांश भूभागमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा पनि साधरणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेस, गण्डकी र बागमती प्रदेशमा हिजोदखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात समेत भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने भोलि पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला

ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला

Breaking news 3, समाचार
काठमाडौँ/ चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।...
आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन्। मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए । “पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।” आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिन...
चर्चामा शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

चर्चामा शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

पर्यटन, समाचार
थाहा/ एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् । चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरीबाट पैदल चित्लाङ–बिसिङखेल–कुन्छाल–ओखरबजार हुँदै शिखरकोटमा बास बसी ११ गते बिहान शिखरकोटबाट स्थानीय ४ जनासमेतको सहभागितामा जम्मा ३९ जनाको सहभागितामा पदयात्रा शुरु गरि शिखरकोट धारापानी हुँदै ऋषेश्वर खोला रमणिय जंगलको बाटो हुँदै ऋषेश्वर मन्दिर दर्शन गरी दामनको पर्वतीय उद्यानमा लालिगुँरास लगायतको फूल तथा बनस्पति अवलोकन गरेर दामनको भ्यु टावरबाट हिमालको दृष्यावलोकन सहित पदयात्रा सम्पन्न भयो । यस पदमार्गको परिकल्पना थाहा नगरका युवा फोटापत्रकार गणेश बिष्टले परिकल्पना गरेको हुन् । बिष्टका अनुसार थाहा नगरको धेरै पदमार्गहरु मध्ये शिखरकोट शिमभञ्ज्याङ पदमार्गले धेरै सम...
मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउदोसोमबार १९ गते विश्वासको मत लिदै छन्। माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख  रत्नप्रसाद ढकालले प्रदेश सभामा शुक्रवार विश्वासको मतको प्रस्ताव दर्ता गराएको हो ।
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"