काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव
दाङ, ११ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन वाट बाहिर निस्कन काँग्रेसलाई सुझाव दिएका छन् ।
वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक सङ्कटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् ।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरूको पहुँच सरकारको नेतृत्व गरेका शयन कक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भई सक्दा पनि काँग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् ।
उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्वोपरि हितमा काम गर्न सक्ने अवस्थामा छैन ।
‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र वैधानिक अर्थतन्त्रलाई दुरुत्साहन गरेकाले अर्थतन्त्र ब...








