चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु
मंसिर २, काठमाडौँ । भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण मृत्यु हुनेहरु बढिरहेका छन् ।
चिसो बढ्दै जाादा भूकम्प प्रभावितको लागि न्यानो कपडा र बस्ने बासको राम्रो व्यवस्था नहुँदा बिरामी बढेका मात्रै छैनन्, मृत्यु हुनेको सङ्ख्या समेत बढिरहेको छ । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको हो ।
भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाक...







