सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर
काठमाडौँ : इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न नसकिने व्याख्या गर्दै कानुनी रूपमा सम्बन्ध विच्छेद नभई अर्को विवाह गरे बहुविवाह हुने ठहर गर्दै पुरुषलाई सजाय समेत सुनाएको छ।
२०७९ चैत २६ गते टङ्कबहादुर मोक्तान र हरि फुयाँलको संयुक्त इजलासबाट एक मुद्दामा फैसला आएको थियो। तर पुर्णपाठ हालै सार्वजनिक भएको हो।
पूर्ण पाठमा इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदलाई प्रचलित नेपाल कानुनले मान्यता नदिएको र सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन लागु हुने भनेको छ।
सर्वोच्चले मुस्लिम समुदायमा प्रचलनमा रहेको तीन तलाकलाई स्वेच्छाचारी प्रकृतिको सम्बन्धबिच्छेद भन्दै त्यसलाई कसुरजन्...








