तेस्रो मकवानपुरगढी कपको उपाधिमा दाजुभाई एफसीको कब्जा
हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारमा सम्पन्न ‘शहीद रुद्र पाखिन तथा वासुदेव घिमिरे स्मृति तेस्रो मकवानपुरगढी कप खुला ८ ए साइड फुटबल प्रतियोगिता’ को उपाधि यस वर्ष दाजुभाई एफसीले उचालेको छ । बुधबार भएको रोमाञ्चक फाइनल खेलमा दाजुभाईले सिमलटार एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित ४० मिनेटको खेल अवधिमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजा पेनाल्टीमार्फत तय भएको थियो । दाजुभाई एफसीले ३–२ गोल अन्तरको जित दर्ता गर्दै विजेता बन्ने गौरव हासिल गर्यो । उपाधिसँगै दाजुभाई एफसीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी र शिल्ड प्राप्त गर्यो भने उपविजेता बनेको सिमलटार एफसीले ४० हजार नगद र ट्रफीमा सान्त्वना टप्पर राख्यो । खेलमा उत्कृष्ठ प्रदर्शन गरेका दाजुभाईका सुजन बल म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई पुरस्...







