सामाजिक अभियन्ता वाईबाको अगुवाइमा घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग
हेटौंडा / सामाजिक अभियन्ता संगिता वाईबाको अगुवाइमा हेटौंडा–१४ निवासी बाबुलान घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा वाईवाले संकलित रकम र खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । दुई दिने सामाजिक सञ्जाल अभियानमार्फत ३२ हजार ५६५ रुपैयाँ संकलन भएको थियो । सोमध्ये १४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न र १७ हजार ७६५ रुपैयाँ नगद घलान परिवारलाई प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर रहेका बाबुलान घलानको खुट्टा भाँचिएर रड हालिएको छ । उनकी पत्नी सानु माया थिङ विगत दुई वर्षदेखि प्यारालाइसिसका कारण अपाङ्ग अवस्थामा छन् । उनको एक हात र खुट्टा काम नगर्ने अवस्थामा छ । परिवारमा एक छोरा पनि रहेका छन् ।
सहयोग कार्यक्रममा वाईवाले घलान परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा उपचार खर्चका लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । वाईवाले ...







