हेटौंडा १९नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका १९नं. वडा आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त बालमैत्री घोषणा गर्न लागिएको वडा अध्यक्ष नरनारथ सुवेदिले जानकारी दिए । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गर्न ५१ सूचकहरू आवश्यक पर्छ । उक्त सुचकहरुमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु ः ९०, ८५ र ८० सम्म नतिजा हाँसिल भएको वडा अध्यक्ष सुवेदिले बताए । यस वडामा कुल बालबालिकाको जनसंख्या ५१.५५ प्रतिशत बालक र ४८.४४ प्रतिशत बालिका रहेको छ । वडामा सामुदायिक र संस्थागत र बाल विकास केन्द्र गरी १० वटा विद्यालय र समुदाय स्तरमा १८ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेका छन् ।...







