श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण
हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
गत चैत ४ गते आगलागीबाट निशा माया चेपाङ्गको घर पूर्ण रूपमा नष्ट भएको थियो । उक्त घटनापछि पार्टीका कार्यकर्ताले तत्काल राहतस्वरूप खाद्यान्न तथा कपडा सहयोग गरेका थिए भने आर्थिक सहयोग संकलन र श्रमदानमार्फत एक महिनाभित्रै घर निर्माण सम्पन्न गरिएको हो ।
करिब १० धुर एलानी जग्गामध्ये साढे ३ धुर क्षेत्रफलमा एक तल्ले २ कोठे घर निर्माण गरिएको जिल्ला अध्यक्ष युनेश लामा सिङ्तानले जानकारी दिए। घर निर्माणका लागि झण्डै ८ लाख रुपैयाँ लागत अनुमान गरिएको भए पनि विभिन्न व्यक्तित्व, संघसंस्था तथा कार्यकर्ताको श्रमदानका कारण २ लाख ५ हजार १ सय ६६ रुपैयाँमै निर्माण सम्पन्न गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प...








