हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समिति १५ नम्बर वडाको आयोजनामा वडा अध्यक्ष कप हुने भएको छ । २८६० औ सोनाम ल्होछारको अवसरमा हेटौंडा १५ नम्बर वडाको प्रायोजनमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
शुक्रबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै पालिकाको १९ वटा वडाको खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुन लागेको बारे जानकारी दिएको हो । चैत ९ गते देखि २२ गते सम्म हेटौंडाको गौरीटार रगंशालामा प्रतियोगिता चल्ने हेटौंडा १५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिले बताए । प्रतियोगितामा विजेता टिमले नगत १ लाख प्राप्त गर्ने छन् भने उपविजेता टोलिले ५० हजार प्राप्त गर्ने छन् । यसै गरी प्रत्यक म्याचको म्यान अफ द म्याच घोषित हुनेले उचित नगत पुरस्कार प्राप्त गर्न समितिका अध्यक्ष नेगिले बताए ।
यसै गरी वडा र टोलमा खेलाडी उत्पादन गर्ने खेलाडी लोक प्रीय बनाउने उद्देश्यले प्रतियोगिताको आयोजन...








