Breaking News 1

हेटौंडा १२ का २० वर्षिय अर्यालको हाँगा काट्नेक्रममा च्यापिएर मृत्यु

हेटौंडा १२ का २० वर्षिय अर्यालको हाँगा काट्नेक्रममा च्यापिएर मृत्यु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का २० वर्षिय योगेश अर्यालको हाँगा काट्नेक्रममा च्यापिएर मृत्यु भएको छ । हेटौंडम पदमपोखरीका वासुदेव अर्यालको छोरा २० वर्षिय योगेश अर्यालको रुखको हाँगाले च्यापिएर मृत्यु भएको हो । सोल्टि चोक नजिकै रुखमा चढी सोही रुखको हाँगा काट्ने क्रममा हाँगाले उनको काधमा लागी रुखमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।...
धौलागिरी सांगीतिक सौगात भाग-४ तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन हुदै

धौलागिरी सांगीतिक सौगात भाग-४ तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन हुदै

Breaking News 1, प्रवास, मनोरञ्जन, समाचार
दक्षिण कोरिया/ धौलागिरी सांगीतिक सौगात भाग-४ को तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलनको आयोजना गरिदै छ । बागलुङ समाज दक्षिण कारियाको आयोजनामा भोलि कोरियाको दोङ्देमुल स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा सांगितिक सौगातलाई सहजिकरण गर्ने उद्देश्यले भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो । प्रवासी भुमिमा भैपरी आउने समस्याहरु समाधानको लागि आपतकालिन राहत कोष निर्माण गर्न कोरियाको नँया बर्ष सलनालको अवसरमा बाग्लुन समाज दक्षिण कारियाले आउदै गरेको फेब्रुअरी १० मा सांगितिक सौगातको आयोजना गर्न  लागिएको हो । सांगितिक सौगातमा कलाकारहरु गायक राजेस पायल राई ,गायिका शान्ति श्री परियार ,गायक प्रकास दुतराज,गायिका अनुपा थापा मगर, गायक बसन्त थापा, हाँस्यकलाकार सुबोध गौतम र गायक तथा प्रस्तोता राजेश बर्देवा आउने आयोजकले जानकारी दिएका छन् ।...
दाङ बस दुर्घटनामा हेटौंडाका  विष्ट सहित ८ जनाको पहिचान खुल्यो

दाङ बस दुर्घटनामा हेटौंडाका विष्ट सहित ८ जनाको पहिचान खुल्यो

Breaking News 1, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौँ /भालुबाङ बस दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत,  काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्तिको पहिचान खुलेको हो । यसैगरी श्रीढुस्का–९ जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी र भारत बिहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्रको सनाखत भएको हो । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्तीपुलबाट नदीमा खसेको थियो । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको मेडिकल कलेज कोहलपुर, ७ जनाको बुटवल र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिनु भएको छ ।  ...
राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२

राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२

Breaking News 1, समाचार, स्थानीय तह विशेष
काठमाडौं / दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीमा पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घनईते हुनेको संख्या १७ जना रहेका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भयो । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज अस्पताल पठाइएको छ । ईकान्तिपुरबाट साभार गरिएको...
शुभराज भोम्जनको चन्चले मेरो मन  बोलको मेल भर्सन गीत सार्वजानिक

शुभराज भोम्जनको चन्चले मेरो मन बोलको मेल भर्सन गीत सार्वजानिक

Breaking News 1, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया /  शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो । लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत  अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने  समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन। यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निभाएका छन । बि. स. २०७३ साल देखिनै शुभराज भोम्जनको ...
मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर- १ स्थित बादरखोल्सी  भित्रि सडकखण्डमा  टिप्पर दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का रातोमाटे बस्ने २२ वर्षिय सुकदेव पाख्रिनको मृत्यु भएको  हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो। स्थानीय लेनडाँडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा प्र–०३–००१ ख १४८९ नम्बरको टिप्पर आफै अनियन्त्रित भई रोडबाट १५० मिटर तल खस्दा  पाख्रिनको मृत्यु भएको जनाएको छ । दुर्घटनामा चालकलाई उद्दार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा आज बिहान सवा २ बजे डाक्टरले मृत्यु घोषणा गरेका थिए ।...
नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द हुने

Breaking News 1, समाचार
चितवन / गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो । पुस २८ गतेदेखि माघ २० दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । अनलाईन खबरबाट साभार गरिएको...
रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

Breaking News 1, प्रमुख समाचार, समाचार
२६ पौष, सर्लाही - जिल्ला अदालतले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।  न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।...
ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

ज्ञानज्योतिका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ हेटौडा उपमहानगरपालिका वडा नम्बर- १५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानको पहलमा ईएनसि  संस्थाका प्रमुख चेत थोकरको सहयोगमा ज्ञानज्योति विद्यालयका विद्यार्थीहरुलाई बिहिबार ट्रयाक सुट वितरण गरिएको हो । हेटौंडा -१५ का वडा सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको जनाएको छ । ५० हजार रकम बराबरको ४५ थान ट्रयाक सुट वितरण गरिएको नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिनुभयो । विद्यालयमा अध्यनरत विपन्न र आर्थिक अवस्था कमजोर भएका तामाङ र चेपाङ समुदायका विद्यार्थिलाई सहयोग गरिएको घलानले जानकारी दिनुभयो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"