हेटौंडामा आइपुग्यो मेची–महाकाली राष्ट्रिय अभियान,
हेटौंडा/ सडक आश्रित मानवको उद्धार गर्न आयोजना गरिएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को अभियान हेटौंडामा आइपुगेका छन् ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा मङ्गलबार हेटौंडामा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को अभियान कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सेवाभावले गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रदेश सरकारले पनि आश्रमका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । सडक मानवमुक्त गर्ने अभियान आफैँमा उत्कृष्ट काम भएको बताउँदै सीमित स्रोतको परिचालन गर्दै व्यवस्थापन गर्नु पनि चुनौतीको विषय भएको जिकिर गरेका छन् ।
यसै गरी गमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने बताए । मानव सेवा आश्रम र आनी छोइ...








