Breaking News 1

महिला मिलनको २४ औँ साधरण सभा, ३ जना जेष्ठ नागरिक सदस्य सम्मानित

महिला मिलनको २४ औँ साधरण सभा, ३ जना जेष्ठ नागरिक सदस्य सम्मानित

Breaking News 1, समाचार
हेटौंडा/  महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधरण सभा मनाइएको छ । संस्थाको साधरण सभाको ३ दिने कार्यक्रम अन्तरर्गत पहिलो कार्यक्रम बिहीबार हेटौंडा -४ स्थित क्लब हेटौंडामा मनाइएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता र उक्त संस्थाका संस्चालक समितिका अध्यक्ष मिना थापाको सभा अध्यक्षतामा कार्यक्रम भएको हो ।  भने कार्यक्रममा ३ जना जेष्ठ नागरिक सदस्यलाई नगत सहित सम्मान समेत गरेका थिए । सम्मान हुनेमा मिरा देवि घलान र दुर्गा पौडेल र सुमित्रा शर्मालाई संस्थाले जेष्ठ नागरिक सदस्य सम्मान गरेका हुन् ।  सभामा संचालक समितिका सचिव शर्मिला दोङ, कोषअध्यक्ष रमा कुमारी रिजाल र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु लामाले बार्षिक प्रगति प्रतिवेदन सेयर सदस्यहरु माझ प्रस्तुत गरेका थिए । यसै गरी संस्थाको साधरण सभाको कार्यक्रम दोस्रो...

सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने – मुख्यमन्त्री लामा

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्। निजी क्षेत्रसंगको समन्वय बिना सरकारले मात्र रोजगारीको अवसर सिर्जना गर्न नसक्ने उहाँको भनाई छ । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभालाई हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले रोजगारीका अवसर सिर्जना गर्न उद्योग कलकारखाना सञ्चालन गर्नु पर्ने बताए । उहाँले देशमा ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू ल्याउने वातावरण बनाउन नसकिरहेको समेत जिकिर गर्नुभयो । मुख्यमन्त्री लामाले लगानीकर्ता निरुत्साहित गर्ने प्रकृतिको ऐन कानुन परिमार्जन गर्न जरुरी रहेको पनि औल्याउनुभयो । यसैगरी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले उद्योगको क्षेत्रमा तीन वटै तहको सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वदेशी उद्योगमा उत्पादित बस्तु उपयोग हुन नसक्द...

मनहरीका अध्यक्षले बनाईदिए एकल महिलालाई घर

Breaking News 1, मुख्य समाचार, समाचार
हेटौंडा / मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीेले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन् । मनहरी – ५ बसन्तपुरमा लामो समयदेखि आवास विहिन अवस्थामा रहेकी सोनी राइलाई पक्की घर बनाएर मंगलबार हस्तान्तरण गरिएको हो । अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकम कोष बनाएर जम्मा गर्दै आएका छन् । सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई घर बनाइदिएको उनले बताए । सोनीको परिवारमा उनीबाहेक कोही छैनन् । ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि बसन्तुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन् । ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । केही समयदेखि आफन्त र गाउँघरमा बास बस्दै आएकी थिए...
हाडनाता करणीको अभियोगमा हेटौंडा १५ का युवकलाई १५ वर्ष कैद सजाय

हाडनाता करणीको अभियोगमा हेटौंडा १५ का युवकलाई १५ वर्ष कैद सजाय

Breaking News 1, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार
हेटौँडा / हाडनाता करणी गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । १४ वर्षीया बालिकालाई बलत्कार गरेको ठहर गर्दै जल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलाशले हेटौंडा उपमहानगरपालिका १५ का २५ वर्षीय नाम परिवर्तित ३१ ए युवकलाई सजाय गर्ने फैसला गरेको हो । अदालतले युवकबाट पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनाएको हो । इजलाशले हाडनाता बलात्कार गरेकोमा १३ वर्ष र बालिका बलात्कार गरेकोमा थप २ वर्ष गरी १५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनाएको छ । हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा युवकलाई २०७९ असोजमा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।...
मकवानपुरको विभिन्न होटलबाट ७ बालश्रमिकको उद्दार

मकवानपुरको विभिन्न होटलबाट ७ बालश्रमिकको उद्दार

Breaking News 1, मुख्य समाचार, समाचार
हेटौंडा / सिविन बाल हेल्पलाइन मकवानपुर र श्रम तथा रोजगार कार्यालय मकवानपुरले  ७ बालश्रमिकको उद्दार गरेको छ । आईतबार संयुक्त टोलिले मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीबाट एक बालिका र ६ बालकको उद्दार गरिएको हो । मनहरी-४, सालघारीका १६ र दुई १५ वर्षीय बालक गरी ३ बालक, राक्सिराङ-२, भाड्डीका १४ वर्षीय बालक, कैलाश-७, कोथलीटारकी १४ वर्षीय बालिका, भीमफेदी-६, कीरभञ्याङका १३ र १४ वर्षीय बालकलाई उद्दार गरिएको हो । भीमफेदी गाउँपालिकामा रहेको लाली गुराँस खाजा घर, सफल होटल, हाम्रो भैरव होटल, कुमारी होटल, संगीता खाजा घर, ननिता होटलबाट श्रमिक बालबालिकाको उद्दार गरिएको हो । १० वटा होटलमा अनुगमन गर्दा ४ वटामा फेला परेको बताएको छ भने दुईवटा होटललाई चेतावनीसहित ७ दिनभित्र श्रम तथा रोजगार कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।...
 छुसकमा Fonemoney को उपहार नै उपहार

 छुसकमा Fonemoney को उपहार नै उपहार

Breaking News 1, अर्थ
दक्षिण कोरिया । Fonemoneyले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु दिने भएको छ। Fonemoneyले दोंगदेमुन ३ नम्बर गेटमा रहेको आफ्नो केन्द्रीय कार्यलय भिजिट गर्नेलाई हात खाली नहुने गरि उपहार दिने जानकारी दिएको छ । यसैगरि Fonemoneyले कार्यलयमा विभिन्न प्रकारको उपहार योजना संचलन गर्ने जनाएको छ।  स्पीन एण्ड वीन योजना: यो स्पीन एण्ड वीन योजना अन्र्तगत भाग्यशालि विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन । यो योजनाको लागि दोंगदेमुन ३ नम्बर गेटमा रहेको कार्यलय भिजिट गरेर सहभागि बन्न सकिने छ ।  Fonemoneyको डमीसंग फोटो खिच्नुस उपहार जित्नुस: यसैगरि Fonemoneyको डमीसंग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ। Fonemoneyको डमि तपाईले भेटनुहुनेछ र तपाईले डमिसंग फोटो खिचेर Fonemoneyको Facebook Page लै Tag गर्नुभएमा Tag गर्नुभएको मध्येबाट Lucky Draw मार्फत बिजेता छनोट गरि विशेष उपह...
विपत जोखिम न्युनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल

विपत जोखिम न्युनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल

Breaking News 1, बागमती प्रदेश, विज्ञान प्रविधि, समाचार
हेटौंडा/ विपत जोखिमका न्युनिकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल कार्यक्रम हेटौंडामा भएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाको अध्यक्षतमा छलफल कार्यक्रम भएको हो ।  प्रदेश भरीका जिल्लामा विपत जोखिमका न्युनिकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुतिकरण जापानीज एरोस्पेस एकसप्लोरेसन एजेमिसका प्रतिनिध भीन्सेन्ट केस्लरले गरेका थिए । भुउपग्रह स्टालाइट मार्फत जोखिम न्युनीकरण बिषयमा क्लाकले प्रस्तुतिकरण दिएका थिए ।  स्ट्रीक्स नामक भू–उपग्रह (स्याटेलाइट) मार्फत जुनसुकै ठाउँमा हुने प्रकोपको डाटा पाउन र विश्लेषण गर्न सकिन केस्लरले बताए । बाढी, पहिरो, हिमताल विस्फोटको सम्भावना जस्ता विपद्का घटनाका बारेमा पूर्व जानकारी सम्बन्धित निकायलाई दिन सकिन उनले बताए । भू–उपग्रह जडानका विषयमा बागमती प्रदेश सरकारसँग एमओयू गरेर ज...
हिमालयन सांगीतिक धमाकामा समीक्षाको स्थानमा अस्मिताले प्रस्तुती दिने 

हिमालयन सांगीतिक धमाकामा समीक्षाको स्थानमा अस्मिताले प्रस्तुती दिने 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । आँउदै गरेको कोरियन चाड छुसकको अवसरमा १७ सेप्टेम्बरमा आयोजना हुन लागेको हिमालयन सांगीतिक धमाकामा  २०२४ मा प्रस्तुतीको लागि समीक्षा अधिकारीको स्थानमा अस्मिता अधिकारी आउने भएका छन् ।   गायिका समीक्षा अधिकारीको भिसा अप्लाईको लागि एम्बेसी डेट पाउन नसकेको र गायिका पाल्मु शेर्पालाई भिसा प्राप्त नभएकोले अन्तिम समयमा केही कलाकार परिवर्तन गर्नु परेको आयोजक शेर्पा संघ दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको हो । अन्तिम समयमा कलाकार परिवर्तन गर्नुपर्ने वाध्यात्मक परिस्थिति आउँदा दर्शक श्रोतामाझ हुन पुगेको आघात प्रति शेर्पा संघ दक्षिण कोरियाले क्षमा याचना समेत गरेका छन् । पूर्वनिर्धारित योजना मुताबिक कार्यक्रममा गायक निमा रुम्बा, मिङमा शेर्पा, गिटारिस्ट सुनिल शाक्य, गायिका समीक्षा अधिकारी र पाल्मु शेर्पालाई ल्याउने निर्णय गरिएता पनि भिसाका कारण समी...
भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित 

भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नेप्कोर इन्टरटेनमेन्ट दक्षिण कोरियाको आयोजनामा हुन लागेको नेप्कोर नाइट लाहुरे एण्ड ब्याड कम्पनी कार्यक्रम स्थगित भएको छ । कार्यक्रममा ल्याउन खोजिएको केही अतिथि कलाकारको भिसा नलागेको कारण कार्यक्रम स्थगन गर्नु परेको आयोजकले एक सूचना मार्फत जानकारी गराइएको छ । कार्यक्रममा र्‍यापर आशिष राणा लाहुरे र ब्याड कम्पनीका कलाकारहरूलाई ल्याउन खोजिएको थियो ।  अन्तिम समयमा कार्यक्रम स्थगन गर्नु पर्दा दुःख लागेको भन्दै दर्शक श्रोतामाझ आयोजकले माफी समेत मागेका छन् । आयोजकले सोही प्रकृतिको कार्यक्रम अर्को मितिमा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ गरेको टिकटको शुल्क सुरक्षित साथ फिर्ता हुने समेत जनाएका छन् । नेप्कोर परिवारले दक्षिण कोरियामा बिभिन्न इभेन्टहरू गर्दै आइरहेका छन् ।  ...
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न, संस्थामा ८ करोड भन्दा बढी बचत 

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न, संस्थामा ८ करोड भन्दा बढी बचत 

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सौलमा भएको साधारणसभाबाट वार्षिक सांगठानिक  प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिवेदन पास गरेका छन् । संस्थाको आयव्यय तर्फ कुल आम्दानी १५ करोड ६० लाख ९८ हजार ९ सय कोरियनबाट खर्च कटाएर अझै ८ करोड ५७ लाख ११ हजार ०२५ कोरियन वन बचत रहेको देखाइएको छ । संस्थाको सबैभन्दा ठुलो खर्च आईसीसी सदस्यता नवीकरण शुल्क, कर्मचारी व्यवस्थापन खर्च र कार्यक्रम खर्चमा भएको देखाइएको छ । त्यसैगरी ४७ लाख वन भन्दा धेरै रकम सदस्यता शुल्क फिर्ता शीर्षकमा पनि देखाइएको छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यावाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघका विभिन्न...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"