दुधको रकम भुक्तानी गर भन्दै किसानले गरे आन्दोलन
हेटौंडा/ दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको आयोजनामा बिहिबार आन्दोलन थालेको छ । चार महिना देखि दुधको मुल्य नपाएको भन्दै किसानहरुले हेटौंडाका सडक अबरोध गरी विभिन्न नाराका साथ आन्दोलन र बिरोध गरेका छन् ।
बिहिबार भएको आन्दोलनमा दुग्ध पदार्थ आयातमा प्रतिबन्ध गर, दुग्ध जन्य पदार्थ आयातमा प्रतिबन्ध गर, किसान एकता जिन्दावाद , उत्पादनका आधारमा अनुदान दे, दुघ्ध बिक्रिको ग्यारेन्टी गर , प्रतिलिटर अनुदान कायम गर , दुधको रकम भुक्तानी गर जस्ता नारा लगाई बिरोध र्याली तथा चक्काजाम कार्यक्रम गरेको हो ।
बिहिबार ११ः२० बजे हेटौंडा उपमनगरपालिका १ स्थित चौकिटोल दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरबो कार्यलय अगाडि भेला भई २०८०।११।०७ गते केन्द्रीय दुग्ध सहकारी संघको प्राप्त पत्र अनुसार देश व्यापी रुपमा गर्न लागीएको बिरोध र्याली तथा चक्काजाम कार्यक्रम आयोजना गरिएको हो । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकार...








