Breaking News 1

कान्तिपुरका अध्यक्ष सिरोहिया अदालतमा पेश

कान्तिपुरका अध्यक्ष सिरोहिया अदालतमा पेश

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
जनकपुरधाम /  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई आज (बुधबार) अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा जिल्ला अदालतले उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ ।...
मकवापुरगढी ३ का खड्का मृत अवस्थामा फेला

मकवापुरगढी ३ का खड्का मृत अवस्थामा फेला

Breaking News 1, समाचार
हेटौंडा / मकवापुरगढी गाउँपालिका वडा नम्बर ३ घर भएका इन्द्र प्रसाद खड्का मृत अवस्थामा फेला परेका छन् । हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक घरमा मृत अवस्थामा ५२ वर्षीय खड्का फेला परेको मकवानपुर प्रहरीले जनाएको । खड्का सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको र शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।...
२० वर्षपछि कांग्रेसका नेता जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि अन्तिम सुनुवाइ हुँदै

२० वर्षपछि कांग्रेसका नेता जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि अन्तिम सुनुवाइ हुँदै

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि कांग्रेसका नेता गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत मंगलबारबाट मुद्दाको सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैैमा राख्ने आदेश गरेको हो । मंगलबारदेखि फेरि त्यही इजलासमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा निरन्तर सुनुवाइ हुनेछ । सम्भवतः यही इजलासले नै जोहीको मुद्दा अन्तिम रुपमा टुंग्याउने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।...
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाए,प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाए,प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । विश्वासको मतको पक्षमा १५८ मत परेको छ । यस्तै विपक्षमा ११३ मत परेको छ । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा...
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान गर्न ह्विप जारी गरेका हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न बैठक सकिएपछि प्रमुख सचेतक सन्तोष परियारले ह्विप जारी गरेको हो ।...
नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । प्रधानमन्त्री दाहालले जेठ ७ गते सोमवार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पार्नुभयो । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई अध्यक्ष नेपालले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गरे ।...
कान्ति लोकपथको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

कान्ति लोकपथको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

Breaking News 1, मुख्य समाचार
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगनस्थित कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका ६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । कारका चालक बाराको निजगढ नगरपालिका ६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।...
तराई मधेश द्रुतमार्गका लेनडाँडा सुरुङ ‘ब्रेक थ्रु’

तराई मधेश द्रुतमार्गका लेनडाँडा सुरुङ ‘ब्रेक थ्रु’

Breaking News 1, विज्ञान प्रविधि, समाचार
काठमाडौं /  काठमाडौं–तराई मधेश द्रुतमार्गका सुरुङ ‘ब्रेक थ्रु’ हुन थालेका छन् । मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु भएको हो । लेनडाँडा सुरुङ ब्रेक थ्रु वैशाखमा सक्ने योजना रहेको थियो । निर्धारित लक्ष्यअनुसार नै सुरुङ जेठ पहिलो साता ब्रेक थ्रु गरिएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ आगामी असोजभित्र ब्रेक थ्रु गरिसक्ने लक्ष्य छ । कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ रहने छ । लामो सुरुङका तीन प्याकेजमध्ये यसअघि ४.३२ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । यस आयोजनामा ८९ पुल बन्ने छ । जसले १२.८८ किलोमिटर ओगट्छ । धेद्रे–लेनडाँडा सुरुङमार्ग न...
हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राइड हुने

हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राइड हुने

Breaking News 1, बागमती प्रदेश, रोचक, समाचार
हेटौंडा/ हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राईड हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रोयल इन्फिन्ड फोरएको सहकार्यमा जेन्टलम्यान राइड हुन लागेको हो ।  जेठ ५ गते शनिबार उक्त कार्यक्रम हुने सम्बन्धमा ईन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । उक्त राइडमा महिला पुरुष दुवै सहभागि हुन पाउने र एक सय जना भन्दा बढी राइडरहरुको सहभागिता हुन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । हेटौंडा ४ भुप्रा चौर नजिकै रहेको सुत्र लन्जको प्राङ्गणबाट राइड सुरु गर्ने र हेटौंडा उपमहानगर परिसर परिक्रमा गरी समापन गरिने ईन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए । राइडमा सहभागिता जनाउने ४ जना राइडरहरुले बिशेष उपहार समेत पाउने अध्यक्ष शाहीले बताए ।...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

Breaking News 1, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र  सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको  थियो । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले  रिट दायर गरेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्चले पूर्ण इजलासमा सुनुवाइको लागि पठाएको थियो ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"