आस्मान लोप्चनको “हाम्मैसरी खाईलाला” सार्वजनिक
हेटौंडा/ नेपाली सेलो जगतको प्रख्यात गायक आस्मान लोप्चनको "हाम्मैसरी खाईलाला" नामक बोलको गित भिडियो सहित सार्वजनिक भएको छ । "खान्दोके सेले" भाकामा रहेको उक्त गित सहितको भिडियो "क्लिक नेपाल " को अफिसियल युट्युब च्यानलमा भएको हो ।
उक्त गितमा लोप्चन आफैँले स्वर दिएका छन् भने तामाङ सेले जगतको चर्चित गायिका रोस्ना लुङ्वाले उनलाई साथ दिएकी छिन् । र जोगलाल लामाले व्यबस्थापन गरेका छन् भने मिक्स मास्टर अर्पण थेङले गरेका छन् । उक्त गितको भिडियोमा लोप्चन, प्रिया मोक्तान, रोशना , सञ्जिला लामा, सोनी लामा , विशाल लामा, समिर तामाङ, बिबास लामाले अभिनय गरेका छन् ।"हाम्मैसरी खाईलाला" बोलको गित एक प्रकारको "खान्दोके सेले" गित हो । "खान्दोके सेले" तामाङ सेले भित्रको एक भेगिय मौलिक भाका हो जुन नेपालको सिन्धुपाल्चोेक क्षेत्रमा गाईने गरिन्छ । जुन भाका लोप हुन दिनु हुदैन भन्ने मान्यतालो लोप्चनले खान्दोके सेलो भ...








