ईपिएस श्रमिक परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा हुँदै
हेटौंडा / कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारलाई लक्षित गरी आगामी जेठ १६ गते हेटौंडामा एकदिने वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हुने भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मार्फत कार्यक्रम हुने सम्बन्धमा आयोजकले जानकारी गराईएको हो । हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा सहभागी परिवारलाई आर्थिक ज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइने अंकुर नेपाल हेटौंडा सम्पर्क समितिका सचिव माधव सापकोटाले जानकारी दिनुभयो । समितिका सचिव सापकोटाले कार्यक्रममा सहभागीले विदेशमा कमाएको अनुभवलाई सकारात्मक रूपमा उपयोग गरी स्वदेशमै रोजगारका अवसर खोज्न सक्ने बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियाली अन्तर्राष्ट्रिय सहयोग संस्था , खुसीपूर्ण आप्रवासन परियोजना र अंकुर नेपाल हेटौंडा सम्पर्क समितिको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा...








