Breaking News 1

शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि सुरु हुने भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो । सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहनेछ । आयोजको अनुसार प्रतियोगितामा सहभागी टिमहरूले रु ५ हजार ५ सय रुपैयाँ इन्ट्रि फि तिर्नुपर्ने छ । त्यस्तै प्रतियोगितामा पहिलो हुने टिमलाई पुरस्कार रु. ७५ हजार र दोस्रो हुने टिमलाईरु. ४० हजार प्रदान गरिने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताउनुभयो । टिम दर्ताको अन्तिम म्याद जेठ २४ गते बिहान १० बजेसम्म तोकिएको अध्यक्ष लामाले बताउनुभयो । आयोजकले सिट सीमित रहेको जानकारी दिँदै इच्छुक ट...
एमएनओ मकवानपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो दलको नाम परिवर्तन नगर्न माग

एमएनओ मकवानपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो दलको नाम परिवर्तन नगर्न माग

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा / मंगोल नेशनल अर्गनाइजेशन ( एमएनओ ) मकवानपुर जिल्ला सभाले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो दलको नाम परिवर्तन नगर्न माग गरेको छ । आयोगले मंगोल शब्द साम्प्रदायिक भएको भन्दै नाम परिवर्तन गर्न निर्देशन दिएपछि संगठनले आपत्ति जनाएको हो । जिल्ला सभाले हेटौंडास्थित निर्वाचन कार्यालयमार्फत बुझाएको ज्ञापनपत्रमा ‘मंगोल’ शब्द कुनै पनि धर्म, जात वा समुदायविरुद्ध नभई एक ऐतिहासिक, सांस्कृतिक र पहिचानमा आधारित शब्द भएको स्पष्ट गरिएको छ । संगठनले आफ्ना संस्थापक डा. गोपाल गुरुङले लोकतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा गरेको संघर्ष र योगदानको स्मरण गराउँदै, “यो दल कुनै राजनीतिक रहरले होइन, वैचारिक आधारमा जेलभित्रैबाट स्थापना भएको संगठन हो” भन्ने उल्लेख गरेको छ । संगठनका अनुसार मंगोल नेशनल अर्गनाइजेशन सन् १९८९ मा भद्रगोल जेलमै स्थापना गरिएको थियो र २०६४ सालमा मात्रै निर्वाचन आयोगम...
आज अठारौँ गणतन्त्र दिवस

आज अठारौँ गणतन्त्र दिवस

Breaking News 1, प्रमुख समाचार, समाचार
अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रका विरुद्ध आह्वान गरेको शान्तिपूर्ण जन आन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमाकायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लाका साथ मनाइँदैछ । यलोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकार सम्पन्न तुल्याउँदै खुसीदिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने व...
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग, पूर्व गृहमन्त्री श्रेष्ठको कडा टिप्पणी

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग, पूर्व गृहमन्त्री श्रेष्ठको कडा टिप्पणी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । अध्यागमन विभागअन्तर्गतको भिजिट भिसा प्रकरणमा गम्भीर अनियमितता देखिएको भन्दै श्रेष्ठले मन्त्री लेखकले नैतिकताको आधारमा पद छाड्नुपर्ने बताएका हुन् । बुधबार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । “गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहजीकरण गर्नु नै उचित हुन्छ,” श्रेष्ठले भने । पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफ्नो कार्यकालमा अध्यागमन विभागभित्रको दलाली र सेटिङ हटाउने प्रयास गरेको स्मरण गर्दै हालको सरकारले त्यसलाई उल्टो संरक्षण गरिरहेको आरोप लगाए । उनले हालको सत्ता गठबन्धनले जनतालाई सुशासन दिन नसकेको टिप्पणी गर्दै भने, “जनतामा नि...
भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा र बागमती गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रम जेष्ठ १० गतेदेखि १४ गतेसम्म सञ्चालन भएको हो । समापन कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलानले सभाध्यक्ष तथा  बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको हो । पालिकाका उपाध्यक्ष तिमल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै तामाङ भाषामा विद्यालय तहदेखि उच्च तहसम्म शिक्षा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । यसै गरी सभाध्यक्ष घलानले भाषाको संरक्षणले मात्र समुदायको पहिचान स्थापित हुने उल्लेख गर्दै विद्यालय तहमा मातृभाषामा शिक्षा दिनु बच्चाको हृदयसम्म पुग्नु भएको बताउनुभयो । प्...
नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन

नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया, जेजुदो/ नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया जेजुदो शाखाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले विमल तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रतिज्ञा लामा, उपाध्यक्षमा गंगा ब्लोन तामाङ, महिला उपाध्यक्षमा ऋचा ब्लोन चयन भएका छन् । महासचिवमा प्रतिक तामाङ, सचिवहरूमा सानुमाय तामाङ र विमान सिं तामाङ, कोषाध्यक्षमा विन्दर ब्लोन तामाङ तथा सह–कोषाध्यक्षमा युन्मी तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सञ्जय कुमार लामा, सुनिल कुमार वाइबा, वान्छेन तामाङ, ममता मोक्तान, सन लामा, गोबिन तामाङ, सबिता तामाङ र पुजा ब्लोन रहेका छन् । तत्कालिन अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान प्रमुख अतिथि रहेका थिए । अन्तर्राष्ट्रिय तामाङ परिषद्का स...
भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु

भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा ः पूर्व मकवानपुरको बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो । बागमती प्रदेशका नेपाल तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलानको सभाध्यक्षता एवम्े गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घलानले सहभागीहरूलाई प्रशिक्षणमा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले भाषा संरक्षण र प्रयोगमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रशिक्षणमा भाषा विज्ञ अजितमान तामाङ र नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष तथा अभियानकर्मी मोहन बहादुर गोलेले प्रशिक्षण दिनुभएको थियो । भाषा वि...
ईपिएस श्रमिक परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा हुँदै

ईपिएस श्रमिक परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, समाचार
हेटौंडा /  कोरियामा कार्यरत  नेपाली श्रमिकका परिवारलाई लक्षित गरी आगामी जेठ १६ गते हेटौंडामा एकदिने वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मार्फत कार्यक्रम हुने सम्बन्धमा आयोजकले जानकारी गराईएको हो । हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा सहभागी परिवारलाई आर्थिक ज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइने अंकुर नेपाल हेटौंडा सम्पर्क समितिका सचिव माधव सापकोटाले जानकारी दिनुभयो । समितिका सचिव सापकोटाले कार्यक्रममा सहभागीले विदेशमा कमाएको अनुभवलाई सकारात्मक रूपमा उपयोग गरी स्वदेशमै रोजगारका अवसर खोज्न सक्ने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियाली अन्तर्राष्ट्रिय सहयोग संस्था , खुसीपूर्ण आप्रवासन परियोजना र अंकुर नेपाल हेटौंडा सम्पर्क समितिको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा...
बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो- नगर प्रमुख लामा

बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो- नगर प्रमुख लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र बोर्डका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले हेटौंडा व्यवस्थापन बोर्डले शुद्ध खाने पानी वितरण गर्दै आएको बताउनु भयो । हेटौंडा उपहानगरपालिकाले न्युनतम शुल्क तिरिसकेपछि विभिन्न वडाबाट जोड्ने काम भईरहेको बताउनु भयो । ५० बर्षको योजना , प्रदेश सरकार र स्थानिय सरकार डिपिआर फाईन्डआउट गरेर टेन्डरको चरणमा पुगेको बताउनु भयो । यसै गरी उहाँले खाने पानी व्यस्थापनका कर्मचारीलाई अझ जिम्मेवारी पुर्वक काम गर्न आग्रह गर्नु भयो । उहाँले खानेपानी बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो । कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०८०...
“कोरियन लाहुरे” सार्वजनिक – मेलिना राई र आस्मान लोप्चनको स्वरमा नयाँ गीत

“कोरियन लाहुरे” सार्वजनिक – मेलिना राई र आस्मान लोप्चनको स्वरमा नयाँ गीत

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/  नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थपिएको छ । चर्चित गायिका मेलिना राई र गायक आस्मान लोप्चनको स्वरमा रहेको नयाँ गीत “कोरियन लाहुरे” सार्वजनिक गरिएको छ । गीतलाई क्लिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गणेश तामाङ योञ्जनद्वारा लेखिएको गीतमा विशाल काल्तानले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोलाई युद्ध लामाले निर्देशन गरेका हुन् । रोमान्टिक र हल्का हाँस्य शैलीको भिडियोलाई दर्शकहरूले सकारात्मक रूपमा लिएका छन् । भिडियोलमा गायक आस्मान लोप्चन र मोडल सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ। सञ्जना गुरुङकै कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् भने अनिल बिष्ट प्यूठानीले सम्पादन गरेका हुन् । गीतले कोरियन शैलीको प्रेमभाव र नेपाली मौलिकता मिसाएर नयाँ स्वाद दिन खोजेको छ। विदेशमा रोजगारीका लागि गएका युवाहरूको कथालाई प्रेमसँग जोड्दै तयार पारिएको भिडियो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"