मुख्य समाचार

भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी नेता महरालाई काठमाडौँ ल्याइँदै

भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी नेता महरालाई काठमाडौँ ल्याइँदै

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार
काठमाडौँ । रुपन्देहीको भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याउन लागिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी दिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।  ...
आईसीसी अध्यक्ष ग्रेग आज नेपाल आउँदै

आईसीसी अध्यक्ष ग्रेग आज नेपाल आउँदै

Breaking news 3, खेलकुद, मुख्य समाचार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका अध्यक्ष ग्रेग बार्क्ले आज नेपाल आउने भएका छन् । भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपराह्न काठमाडौँ आइपुग्ने छन् । उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ र क्रिकेट सङ्घका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ । काठमाडौँ आएपछि उनीलाई क्यानले स्वागत गर्ने छ । यसैगरी मंगलबार क्यानका बोर्ड सदस्यहरूसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्ने छन् ।  ...
सुन तस्करीमा संलग्न रहेको आरोपमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा संलग्न रहेको आरोपमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

Breaking News 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एबम् पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।  ...
दक्षिण कोरियाले अब थप ३ वटा क्षेत्रमा नेपाली श्रमिक लैजाने

दक्षिण कोरियाले अब थप ३ वटा क्षेत्रमा नेपाली श्रमिक लैजाने

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार
काठमाडौं । दक्षिण कोरियाले यो वर्ष सन् २०२४ देखि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने तयारी गरिएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको छ। भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको छ । ‘परीक्षा पास भएकाहरुलाई लैजान ढिलाइ हुँदा असन्तुष्टि बढेपछि कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने भनेर कोरियाले औपचारिक रुपमा पत्रमार्फत नै जानकारी दिएको छ,’ उनले भने,‘यो वर्षभन्दा अर्को वर्ष १३।२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने कोरियाली सरकारले बताएको छ ।’...
नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ

नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ

Breaking News 1, मुख्य समाचार, राजनीति
काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । उनीहरुले बुधबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए ।...
नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल हुने अवस्था बनिनसकेको बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने र छलफल पश्चात निस्कने निचोडको आधारमा मात्रै सरकारमा सहभागि हुन सक्ने बताए । नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला भन्दै ‘अहिले वेट एण्ड सी मा नै रहेको जनाएका छन् ।...
अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन सम्पन्न , अध्यक्षमा रुद्र पौडेल

अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन सम्पन्न , अध्यक्षमा रुद्र पौडेल

Breaking News 2, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औँ अधिवेशन सम्पन्न भएको छ । आइताबार दोङ्देमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनले अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको सांगाठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनलाइ पास गर्दै अधिवेशन सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष हिमाल खनालको अध्यक्षतामा भएको अधिवेशनमा गैर आवासीय नेपाली संघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र अन्य बिभिन्न संस्थाका अध्यक्षहरुको विशिष्ठ आतिथ्यता रहेको थियो । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती संगै अर्घाखाँची स्थायी घर भइ दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासीहरुको बाक्लो सहभागिता रहेको थियो । अध्यक्षमा रुद्र पौडेल अधिवेशनको बन्दसत्र बाट अध्यक्षमा रुद्र पौडेललाइ सर्वसम्मतमा अध्यक्षमा चयन गरेका छन । त्यसै...
२० जना राष्ट्रिय सभाका सदस्यको पदावधि आजदेखि सकिँदै

२० जना राष्ट्रिय सभाका सदस्यको पदावधि आजदेखि सकिँदै

Breaking news 3, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
काठमाडौँ । २० जना राष्ट्रिय सभाका सदस्यहरूको पदावधि आज देखि सकिँदै छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना राष्ट्रिय सभा सदस्यहरुको पदावधि आजदेखि सकिने भएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने संबैधानिक व्यवस्था रहेको छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना रहेका छन् । आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । बाँकी रहेको एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।...
नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

Breaking News 1, खेलकुद, मुख्य समाचार
काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । शीर्ष दुईमा रहँदै फाइनल खेल्न आज बिहान साढे ११ बजे देखि टीयु क्रिकेट मैदानमा सुरु हुने खेल नेपाललाई जित्नै पर्ने दबाब सिर्जना भएको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ । आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ ।...
नेपाल सरकारद्धारा २९ जना पर्यटन प्रवर्दक नियुक्त, दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त

नेपाल सरकारद्धारा २९ जना पर्यटन प्रवर्दक नियुक्त, दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल सरकारको सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले बिहिबार विभिन्न देश तथा सहरहरुको लागि २९ जना पर्यटन प्रवद्र्धकहरु नियुक्ति गरेका छन् । पर्यटन प्रवर्दक सम्बन्धी कार्यबिधि २०७९ लाई पहिलो संसोधन  २०८०/०९/१७ को दफा ३ को उपदफा १ बमोजिम पर्यटक प्रवर्दकहरु नियुक्त गरिएको हो । थाईल्याण्ड, अमेरिका, युके, कतार, हङकङ मकाउ, क्यानाडा, साउदी अरब, माल्टा, पोल्याण्ड, जर्मनी, पोर्तुकल, दक्षिण कोरिया, जापाल, क्रोएशिया, न्युजिल्याण्ड, युएई लगायतका देशको बिभिन्न शहर तथा सिंगो देशको लागि पर्यटक प्रवद्र्धकहरु नियुक्त गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सह सचिव तथा प्रबक्ता हेमराज तामाङले हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त दक्षिण कोरियाको सउल सहर र सुवन सहरको पर्यटक प्रवर्दकको रु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"