फोक्सोको क्यान्सरको उपचार गर्ने रोबोट निर्माण
लन्डन, १६ साउन । युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्।
अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ।
यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता लगाएको छ। यस यात्राको क्रममा यसले यसको तन्तुलाई धेरै कम क्षति पुर्याउँछ।
युरोपेली रिसर्च काउन्सिलद्वारा वित्त पोषित...








