Day: ३ वर्ष अगाडि

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्र निषेधित घोषणा

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्र निषेधित घोषणा

समाचार
मंसिर ४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बस्नेतले पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको आदेशमा उल्लेख छ ।...
विश्वकप छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै

विश्वकप छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै

खेलकुद, समाचार
मंसिर ४, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ ।  नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लि...
हुथी बिद्रोहीले कब्जा गरे इजरायली कार्गो जहाज

हुथी बिद्रोहीले कब्जा गरे इजरायली कार्गो जहाज

अन्तर्राष्ट्रिय, समाचार
४ मंसिर, ४ मंसिर ।   इजरायलले यमनका हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय कार्गो जहाज कब्जा गरेको आरोप लगाएको छ। हुथी विद्रोही समूहले कब्जामा लिएको कार्गो जहाज भारततर्फ गइरहेको इजरायलले जनाएको छ । तेल अभिभले इरानलाई आतंकवादी घटना भन्दै दोष लगाएको बताएको छ । उसले भनेको छ,  ‘यो विश्वव्यापी रूपमा निकै गम्भीर घटना हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बेलायतको स्वामित्वमा रहेको र जापानबाट सञ्चालित कार्गो जहाज इरानको सहयोगी हुथी विद्रोहीले कब्जा गरेको जनाएको हो । जहाजमा एक जना पनि इजरायली नागरिक थिएनन्। नेतान्याहुको कार्यालयका अनुसार इरानले गरेको आतंकवादी कार्य हो, जसले विश्वव्यापी शिपिंग मार्गहरूको सुरक्षालाई असर गरेको छ । यसले इरानले स्वतन्त्र संसारका जनताविरुद्ध गरेको कारबाहीलाई देखाउँछ। यमनका हुथी विद्रोहीहरुले एउटा कार्गो जहाज कब्जा गरेको स्विकार गरेका छन् । तर, उनीह...
क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

खेलकुद, समाचार
मंसिर ४, काठमाडौं । बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंशा गरेका छन्  । गए राती सम्पन्न फाइनल खेलमा ६ बिकेटले अष्ट्रेलियासँग भारत पराजित भए पछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि जनाएका छन् । ‘भारतीय टोलीले यो पूरै टूर्नामेंट जसरी खेलेको छ, त्यो सम्मानको कुरा हो र उनीहरूले ठूलो भावना र दृढता देखाए,’ शाहरूख खानले भनेका छन, ‘यो एक खेल हो र त्यहाँ सधैं एक वा दुई दिन खराब हुन्छन्, दुर्भाग्यवश यो आज भयो ।’ उनले खेलाडीहरूलाइ हौसला दिदैँ भनेका छन, ‘तर क्रिकेटमा हाम्रो खेलकुद विरासतमा हामीलाई गर्व गर्नको लागि टीम इंडियालाई धन्यवाद, तपाईंले सम्पूर्ण भारतलाई धेरै खुशी ल्याउनुभयो, त्यसका लागि माया र सम्मान । तपाईंले हामीलाई एक गौरवशाली राष्ट्र बनाउनु हुन्छ।’...
बिपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छः इजरायलस्थित नेपाली दुतावास

बिपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छः इजरायलस्थित नेपाली दुतावास

Breaking News 1, समाचार
मंसिर ४, काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अबस्था अझै अज्ञात रहेको जनाएको हो । हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ । उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ,  ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’ तर, केही मिडियाले जाेशी फेला परेकाे र उनलाइ रिहाइ गर्नका लागि पहल भइरहेकाे जनाइरहेकाे बेला इजरायलस्थित दुतावासले भने उनकाे स्थीति प्रस्ट पारेकाे हाे ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"