अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिन्छ : गगन थापा
१ पुष, काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् ।
पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिने बताए ।
थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छन् ?, म सरकारको कुरा गरिरहेको छैन। सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु - गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’
सरकारमा बसेर प्रधानमन्त्री दाहालले काम गर्न नसकेको उनको गुनासो छ । ‘चित्त बुझाउने कुरै छैन, सर...
