आर्थिक रुपले शिक्षा हासिल गर्न नसकेका छोरा छोरी छन् भने नगरपालिका छौ:नगर प्रमुख मिना कुमारी लामा
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटन देवि चौरमा सोमबार छैठौं माघि महाउत्सव सञ्चालन भएको छ । महाउत्सवमा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भनाई राख्नु हुदै प्रमुख लामाले शिक्षा महत्व पुर्ण बिषय रहेको भन्दै यस्तो बताउनु भएको हो ।
उत्पादन संस्कृतिको जर्गेना आर्थिक रुपान्तरणको बिषयलाई जोड दिनु पर्ने बताउनु भयो । अध्ययनलाई प्रगतिशिल बनाएर प्रविधि संग जोडेर विश्व बजारमा बिक्ने छोरा छोरी बनाउनु पर्ने लामाले बताउनु भएको हो । हेटौंडा उपमहानगर हरेक वर्ग समुदायको रहेको भन्दै थारु कल्यानकारिणी सभालाई अफिस राख्ने व्यबस्था गर्ने प्रमुख लामाले प्रतिबद्धता राख्नु भएको थियो ।
यसै गरी थारु कल्यानकारिणी सभा मकपानपुरका संयोजक सचिदान्त चौधरीको अध्यक्ष्यता र नगर प्रमुख लामाको लामाको आतिथ्यतामा भएको महाउत्सवमा थारु कल्याणकारिणी सभाका केन्द्रिय ...




