Day: २ वर्ष अगाडि

मञ्जुश्री संवत् २८६० को भित्तेपात्रो सार्वजनिक

मञ्जुश्री संवत् २८६० को भित्तेपात्रो सार्वजनिक

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय परिषद काठमाण्डौंको प्रकाशन र अन्तराष्ट्रिय तामाङ परिषद्को समन्वयमा मञ्जुश्री संवत् २८६० को भित्तेपात्रो (डेङचि) विमोचन गरिएको छ । बुधबार बौद्धस्थित गोतामा क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्दै भित्तेपात्रो सार्वजानिक गरिएको हो । अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा भित्तेपात्रो सार्वजानिक कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक एवं नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङ, भाषा आयोग सदस्य अमृत योञ्जन तामाङ, खेन्पो सोनाम ग्युर्मे, डा कुन्साङ योञ्जन, घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङलगायतको विशेष आतिथ्यता रहेको थियो । मन्जुश्री पात्रो बारे उठेका जिज्ञासाको खेन्पो सोनाम ग्युर्मेले जवाफ जवाफ दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा परिषद्का संस्थापक नेता परशुराम तामाङले तामाङ अग्रजहरुको आ...
मनहरी गाउँपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित

मनहरी गाउँपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित

Breaking news 3, पालिका, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । माघ २२ गते भएको निर्वाचन कार्यक्रममा सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिए । स्काउट परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु अनन्त पौडेल, सुजन अर्याल, जगदिश्वोर पोखरेल,रोशनी दर्जी र संजिता मगर रहेका छन् । आवश्यक सङ्ख्यामा मात्र उमेदवारी परेपछि मतदान प्रक्रियामा जानु नपरेको र निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत गौतमले बताए । निर्वाचित घोषणासँगै निर्वाचन अधिकृत गौतमले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । मनहरी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष सदस्यको निर्वाचन गरिएको हो ।...
सहकारी र लघुवित्तको कडा नियमन र पीडितको रकम फिर्ता गर्न सर्वदलीय बैठक गरौं : लामिछाने

सहकारी र लघुवित्तको कडा नियमन र पीडितको रकम फिर्ता गर्न सर्वदलीय बैठक गरौं : लामिछाने

राजनीति, समाचार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र पीडितहरूको रकम फिर्ता गराउनेलगायतका विषयमा राजनीतिक दलहरूबीच सर्वदलीय बैठक हुनुपर्ने प्रस्ताव गरेका छन् । लामिछानेले बालुवाटार, बालकोट, बुढानिलकण्ठ र खुमलटार नभई मुसहर वा दलित बस्तीमा सर्वदलीय बैठक गरेर मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने प्रस्ताव राखेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा ठूला र पुराना राजनीतिक दलहरू सत्ता र नियुक्तिका लागि वा भ्रष्टाचारका फाइल खुल्दा सर्वदलीय बैठक गर्ने गरेका भन्दै लामिछानेले मुलुकका मुद्दामा सर्वदलीय बैठकको प्रस्ताव गरेका हुन् । त्यस्तो सर्वदलीय बैठकबाट विभिन्न पाँच मुद्दामा छिनोफानो गर्नुपर्ने लामिछानेको भनाइ थियो । त्यसमा सहकारी र लघुवित्तका पीडितहरूको विषयमा पनि सर्वदलीय बैठकबाट निर्णय हुनुपर्ने लामिछानेको भनाइ थियो ।...
बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

Breaking News 2, बागमती प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका वडम नम्बर ८ स्थित जन जागृति माध्यमिक विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने भएको हो । घलानले मंगलबार विद्यालयमामा पुगी एक थान प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेको थियो । विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्न लागेको घलानले बताए बताएका छन् । घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घलान राजनीति र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन्। नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत घलान उक्त वडामा जिल्ला प्रतिनिधिको रुपमा पुगेका थिए ।...
प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची पनि छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ । पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य रहनु भएको थियो । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने जनाइएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"