पछिल्लो साता तीन दिन मात्र भयो सेयर कारोबार
काठमाडौँ / पछिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको छ । भदौ १६ र १७ गते दुई दिन जनै पूर्णिमा र गाईजात्राको सार्वजनिक बिदा पर्दा आइतबार, बुधवार र बिहीबार तीन दिन मात्र बजार खुल्यो ।
यो तीन कारोबार दिन नेप्से सूचक २६.३५ अंकले घट्दै २९७४.४६ विन्दुमा झरेको छ । अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढ्दै ३ हजारमाथि उक्लिएको थियो । साताको पहिलो कारोबार दिन आइतबार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचकले चौथो कारोबार दिन भदौ ५ गते २.११ अंकले र भदौ ६ गते ६.०१ अंकले बढ्यो । यसबिचमा ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।...