मकवानपुरको विभिन्न होटलबाट ७ बालश्रमिकको उद्दार
हेटौंडा / सिविन बाल हेल्पलाइन मकवानपुर र श्रम तथा रोजगार कार्यालय मकवानपुरले ७ बालश्रमिकको उद्दार गरेको छ । आईतबार संयुक्त टोलिले मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीबाट एक बालिका र ६ बालकको उद्दार गरिएको हो ।
मनहरी-४, सालघारीका १६ र दुई १५ वर्षीय बालक गरी ३ बालक, राक्सिराङ-२, भाड्डीका १४ वर्षीय बालक, कैलाश-७, कोथलीटारकी १४ वर्षीय बालिका, भीमफेदी-६, कीरभञ्याङका १३ र १४ वर्षीय बालकलाई उद्दार गरिएको हो ।
भीमफेदी गाउँपालिकामा रहेको लाली गुराँस खाजा घर, सफल होटल, हाम्रो भैरव होटल, कुमारी होटल, संगीता खाजा घर, ननिता होटलबाट श्रमिक बालबालिकाको उद्दार गरिएको हो । १० वटा होटलमा अनुगमन गर्दा ४ वटामा फेला परेको बताएको छ भने दुईवटा होटललाई चेतावनीसहित ७ दिनभित्र श्रम तथा रोजगार कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।...